चिनियाँ राष्ट्राध्यक्ष नानचिङ शहरको निरीक्षणमा
2023-07-07 15:13:59cri
Share with:

 जुलाई ६ तारिख अपरान्ह चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले च्याङ सु प्रान्तको नानचिङ शहरको निरीक्षण गर्दै एकपछि अर्को गरी चि चिन शान प्रयोगशाला र नारी समूह लिमिटेड कम्पनीको भ्रमण गर्नुभएको छ। भ्रमणको अवसरमा उहाँले प्रमुख वैज्ञानिक र प्राविधिक कार्यहरूको प्रवर्द्धन, उन्नत उत्पादन औद्योगिक समूहरूको विकास र उच्च गुणस्तर विकासको प्रवर्द्धनबारे जानकारी लिनुभएको छ।

सन् २०१८ मा स्थापित चि चिन प्रयोगशाला च्याङ्सु प्रान्त र नानचिङ शहरद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको एक प्रमुख वैज्ञानिक र प्राविधिक नवाचार प्लेटफर्म हो। यो भविष्यको नेटवर्क र अत्याधुनिक अनुसन्धानमा केन्द्रित छ। यस प्रयोगशालाले भावी नेटवर्क बी फाइभ जी / सिक्स जी संचार र नेटवर्क सुरक्षाको क्षेत्रमा श्रृंखलाबद्ध रूपमा विश्वमा अग्रणी उपलब्धिहरू हासिल गरेको छ।

नारी समूह लिमिटेड कम्पनी चीनको राज्य ग्रीड निगममा अग्रणी उद्यम हो। यसका उत्पादन र सेवाहरू विश्वभरका १०० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिएका छन्। यसले ८६ वटा राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार जितेको छ।