चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा च्याङसु प्रान्तको सुचौ सहरको निरीक्षण
2023-07-07 15:04:34CRI
Share with:

जुलाई ५ तारिख अपरान्हदेखि ६ तारिख बिहानसम्म, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको च्याङसु प्रान्तको सुचौ सहरको निरीक्षण गर्नुभएको छ। उहाँले सुचौ उद्योग पार्कको प्रदर्शनी केन्द्र, सुचौ ह्वा सिङ युआन छुआङ वैज्ञानिक प्राविधिक कम्पनी र फिङ च्याङ ऐतिहासिक सडक क्षेत्रमा गएर सुचौ उच्च प्रविधि क्षेत्रको निर्माण र विकासको अवस्था, ऐतिहासिक सहरको संरक्षण अवस्थाको जानकारी लिनुभएको छ।

५ तारिख अपरान्ह, राष्ट्राध्यक्ष सी सुचौ उद्योग पार्कको प्रदर्शनी केन्द्र जानुभएको थियो। सुचौ उद्योग पार्क राष्ट्रिय आर्थिक खुलापन क्षेत्रमा लगातार सात वर्ष पहिलो स्थानमा रहेर विश्व उच्चस्तरिय वैज्ञानिक तथा प्राविधिक पार्क बनेको छ। यहाँको उच्च प्राविधिक व्यवसायको उत्पादन रकम र उद्यमान व्यवसायको उत्पादन रकम पार्कको कूल उद्योग व्यवसायको उत्पादन रकमको क्रमशः ७४.८ प्रतिशत र ५८.५ प्रतिशत भाग ओगटेको छ।

६ तारिख बिहान राष्ट्राध्यक्ष सीले सुचौको फिङ च्याङ ऐतिहासिक सांस्कृतिक सडक जानुभएर त्यहाँको परम्पराको संरक्षण अवस्थाको जानकारी लिनुभएको छ। उत्तर पूर्वी सुचौ सहरमा अवस्थित फिङ च्याङ ऐतिहासिक सांस्कृतिक सडकको २५०० वर्ष भन्दा लामो इतिहास बोकेको छ। हाल सडक क्षेत्रको अवस्था र प्राचीन चीनको सोङ वंशको जस्तै देखिएको छ। सुचौ सहरको योमात्रै एउटा सम्पूर्ण रूपमा संरक्षित ऐतिहासिक संरक्षण क्षेत्र हो।