जिद्दीपूर्वक आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशन गर्ने जापान इतिहासमा सधैँ बदनाम रहने
2023-07-08 18:14:41cri
Share with:

जापानको आणविक ऊर्जा समितिले जुलाई ७ तारिख टोकियो बिजुली कम्पनीलाई फुकुशिमाको आणविक प्रदुषित पानी समुद्रमा निष्काशन गर्ने उपकरणमाथि जाँचबुझ गर्ने प्रमाण-पत्र वितरण गरेको छ। जसबाट जापानी सरकारले स्वदेश र विदेशको कडा विरोधको बावजुदमा आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशन गर्ने योजनातर्फ पाइला सारेको देखिन्छ।

 

आणविक प्रदुषित पानी भनेको आणविक प्रदुषित पानी नै हो। जापानले जे भने पनि त्यसलाई सामान्य पानीमा परिवर्तन गर्न सकिँदैन, यसका साथै जापानले आणविक प्रसार सम्बन्धी जोखिम समस्त मानव जातिमा सार्ने गतिबिधिबाट पनि अलग रहन सक्दैन। फुकुशिमा जिल्ला लगायत धेरै समूदायहरुले आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशन गर्ने कार्यको विरोध गर्न २ लाख ५४ हजार मानिसहरुले हस्ताक्षर गरिसकेका छन्। जापान तथा दक्षिण कोरियाको सञ्चार माध्यमले गरेको संयुक्त रिपोर्टका अनुसार, दक्षिण कोरियाका ८० प्रतिशत भन्दा बढी नागरिकहरुले आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशनको विरोध जनाएका छन्। यसका साथै प्रशान्त टापूहरु, फिलिपिन्स, इन्डोनेसिया, दक्षिण अफ्रिका तथा पेरु लगायतका मुलुकहरुका बासिन्दाहरुले पनि जापानको गतिबिधिको विरोध गरेका छन्।

 

जापानले विज्ञान तथा वास्तविकताको सम्मान गरी अन्तर्राष्ट्रिय कार्यभार निष्ठापूर्वक लिएर वैज्ञानिक, सुरक्षित तथा पारदर्शी तरिकामार्फत आणविक प्रदुषित पानीको संचालन गर्नुपर्छ। यदी जापानले जिद्दीपूर्वक आणविक प्रदुषित पानीलाई समुद्रमा निष्काशन गर्ने हो भने त्यसले इतिहासमा जापान सधैँ बदनाम रहने छ।