तुर्कमेनिस्तानकी विद्यार्थी चो युको चीन बसाईको कथा
2023-07-10 17:03:20cri
Share with:

केही दिन अघि चीन-मध्य एसिया शिखर सम्मेलनको आयोजना गरियो। आज हामी चीनमा आठ वर्षसम्म बसेकी विदेशी विद्यार्थी माहरिपानबारे परिचय दिँदैछौँ। उनी तुर्कमेनिस्तानबाट आएकी हुन्। माहरिपानको चिनियाँ नाम चो यु हो।

 

हरेक विहान समुद्रको लहरको आवाज तथा रुखमा बसेका चराहरुको ध्वनिमा तुर्कमेनिस्तानकी विद्यार्थी चो यु स्या मन ह्वा छ्याउ विश्वविद्यालयको पढाई शुरु गर्छिन्। स्या मन ह्वा छ्याउ विश्वविद्यालयमा चिनियाँ भाषा शिक्षा विषयमा स्नातकोत्तरमा अध्ययनरत् चो यु चीनमा आठ वर्षसम्म बसेकी छिन्।

चिनियाँ भाषा मेरो लागि एकदम आकर्षक छ। यो विश्वमा सबैभन्दा पुरानो र सबैभन्दा बढी मानिसले प्रयोग गर्ने भाषामध्येको एक हो। उच्च माध्यमिक विद्यालयबाट स्नातक भएपछि मैले विदेशमा पढ्ने इच्छा लिएकी थिएँ। त्यस बेलामा तुर्कमेनिस्तान र चीन बीचको शिक्षा सम्झौता देखेँ। यस सम्झौतामा चीनमा पढ्ने अवसर प्रदान गरियो। मैले तुरुन्तै निवेदन पेश गरेँ। त्यसपछि चिनियाँ सरकारको छात्रवृति प्राप्त गरी चीनमा पढ्ने अवसर पाएँ।

 

सन् २०१५ मा चो युले नान चिङ नर्मल विश्वविद्यालयमा चिनियाँ भाषा पढ्न थालिन्। एक वर्षको छोटो अवधिमा उनले चिनियाँ भाषा सम्बन्धी पाँचौँ स्तरको परिक्षा पार गरिन्। त्यसपछि उनले च च्याङ नर्मल विश्वविद्यालयमा नाटक सम्बन्धी साहित्य पढेकी थिइन्। पाँच वर्षसम्मको पढाईबाट उनले चीनलाई धेरै मन पराएकी थिइन्। उनले निरन्तर रुपमा चीनमा अध्ययन गर्ने निर्णय गरेकी थिइन्।  सन् २०२१ मा चो युले स्या मन ह्वा छ्याउ विश्वविद्यालयमा चिनियाँ भाषा शिक्षा विषय सम्बन्धी स्नातकोत्तरमा अध्ययन गर्न थालेकी थिइन्। चीनको धेरै वर्षसम्मको बसाईबाट उनले चिनियाँ भाषाप्रति अरु गहन जानकारी लिएकी छिन्।

भाषाले एउटा देशको संस्कृति प्रतिबिम्बित गरेको छ। यो विभिन्न जाति बीच आदान-प्रदान गर्ने महत्त्वपूर्ण साधन हो। चिनियाँ भाषाले मलाई प्रश्न सोच्ने अर्को दृष्टिकोण प्रदान गरेको छ। चिनियाँ भाषाको ध्वनि हुन्छ। हरेक चिनियाँ अक्षरका ध्वनि हुन्छन्। विभिन्न ध्वनिमा भएको चिनियाँ अक्षरको विभिन्न अर्थ हुन्छ। त्यसैले चिनियाँ भाषा बोल्दा गीत गाउने जस्तै लाग्छ, त्यो निकै रोमान्टिक छ।

 

स्या मनमा दुई वर्षसम्म मात्र बसे तापनि चो युले छिटै सुन्दर, खुला तथा समावेशिता भएको यो समुद्री तटवर्ती शहर मन पराएकी छिन्। प्राचीन कालदेखि नै स्या मन व्यापारिक बन्दरगाह थियो। अहिले स्या मन एउटा ध्यानाकर्षक विशेष आर्थिक क्षेत्र तथा समुद्री तटवर्ती शहर बनेको छ। चीन-युरोप रेलमार्गबाट स्या मन सिधै युरोप, मध्य एसिया तथा रुससम्म पुगिन्छ। बन्दरगाहबाट स्या मन दक्षिण-पूर्वी एसिया, भारत तथा जापानसम्म पुगिन्छ। जसबाट स्या मन “बेल्ट” र “रोड” जोड्ने एउटै मात्र शहर बनेको छ।