सी चिनफिङद्वारा उज्बेकिस्तानका राष्ट्रपतिलाई बधाइ सन्देश
2023-07-10 16:57:46cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाइ १० तारिख शाभकाट मिरोमोनोभिच मिजियोयेभलाई उज्बेकिस्तानका राष्ट्रपति पद सम्हाल्नुभएकोमा बधाइ ज्ञापन गर्नुभएको छ।

 

सी चिनफिङले केही वर्षयता दुई देशबीच संयुक्त नेतृत्वमा चीन-उज्बेकिस्तान सम्बन्ध उछाल विकास हुनुका साथै विभिन्न क्षेत्रको सहयोग बलियो भएको उल्लेख गर्नुभयो। आफूले उहाँसँगको असल कार्य सम्बन्ध र व्यक्तिगत मित्रतामा निकै ध्यान गर्नुका साथै उहाँसँग मिलेर चीन-उज्बेकिस्तान व्यापक रणनीतिक साझेदारी सम्बन्धको निरन्तर विकासलाई बढाएर चीन-उज्बेकिस्तान भाग्य समुदायको रचना गर्न नयाँ शक्ति थप्ने इच्छा लिएको सीले बधाई सन्देशमा उल्लेख गर्नु भएको छ।