विश्व विकास बाँड्ने कार्वाही मञ्चको पहिलो उच्चस्तरीय सम्मेलनलाई सीको शुभकामना
2023-07-10 15:19:08CRI
Share with:

जुलाई १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले विश्व विकास बाँड्ने कार्वाही मञ्चको पहिलो उच्चस्तरीय सम्मेलनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

उक्त शुभकामना सन्देशमा नेता सीले आजको विश्वमा बिगत सय वर्षमा देखा नपरेको परिवर्तन तीव्र गतिमा भइरहेको र विश्व अर्थतन्त्रको पुनरुत्थान पनि कठिन रहेको उल्लेख गर्नु भएको छ। विश्वव्यापी विकासका एजेन्डाले चुनौतीको सामना गरिरहेको भन्दै सहमति र साझा विकासको प्रबर्द्धन गर्न संयुक्त राष्ट्रसंघको २०३० कार्यसूचीको कार्यान्वयनका लागि आफूले विश्वव्यापी विकास अवधारणालाई अगाडि सारेको उहाँले स्पष्ट पार्नु भएको छ। सबै पक्षहरूको सहभागितामा, विश्वव्यापी विकास अवधारणा सम्बन्धी सहकार्यमा महत्त्वपूर्ण प्रारम्भिक उपलब्धिहरू प्राप्त भएको र जसबाट धेरै विकासोन्मुख मुलुकहरू लाभान्वित भएको पनि राष्ट्राध्यक्ष सी चिनफिङले शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ।
सीले जोड दिँदै शुभकामना सन्देशमा भन्नुभएको छः साझा विकास राम्रो विश्व निर्माणका लागि एक महत्वपूर्ण मार्ग हो। सबैभन्दा ठूलो विकासोन्मुख राष्ट्रका रूपमा, चीनले विश्वव्यापी विकास सहयोगका लागि आफ्ना थप स्रोतहरू राख्दै जानेछ। विश्वव्यापी विकास अवधारणालाई गहन बनाउन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै जाने छ र संयुक्त राष्ट्र संघ २०३० दिगो विकास लक्ष्यहरूलाई पूरा गर्न र मानवजातिको संयुक्त भाग्य समुदायको निर्माणमा नयाँ योगदान गर्दै जानेछ।

विश्व विकास बाँड्ने कार्वाही मञ्चको पहिलो उच्चस्तरीय सम्मेलन चाइना अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीले आयोजना गरेको हो। जुलाई १० तारिख बेइजिङमा सुरु भएको यस पटकको सम्मेलनको मुख्य विषय "चीनको प्रस्ताव, विश्वको कार्यावही" भन्ने रहेको छ।