अल्पसंख्यक जाति# काफलको “समय यात्रा”
2023-07-11 09:00:50CRI
Share with:

विहान सबेरै छ बजेतिर चिनियाँ हु नान प्रान्तीय चिङ चौ म्याउ र तुङ जातीय स्वायत् जिल्ला छ्युयाङ बस्ति क्वान थ्वान गाउँस्थित पहाडको छेउमा सुन बाइलिङ र अरू किसानहरू व्यस्त रूपमा काम गरिरहेका छन्। उनीहरू घना पातहरूमध्ये ताजा काफल खोजेर हलुका रूपमा टिपेका छन्। एक छिनपछि बाँसबाट बनाइएको बास्केट भरेका छन्।

“विहान सबेरै काफलको गुणस्तर तुलनात्मक रूपमा राम्रो हुने गर्छ। त्यसैले उक्त समयमा तुरुन्तै काफल टिप्नुपर्छ।” सुन बाइलिङले बताउनुभएको छ।

 

सुन बाइलिङ चिङ चौ म्याउ तथा तुङ जातीय स्वयत्त जिल्ला सुन श बाइलिङ काफल विशेष सहकारी संघका जिम्मेवार व्यक्ति हुनुहुन्छ।

चिङ चौमा काफल रोप्ने गरेको इतिहास २००० वर्षभन्दा बढी पुगेको छ। त्यहाँ उत्पादित काफल ठूलो हुनुका साथै रसिलो भएर “याङसी नदीको दक्षिणतिर प्रथम काफल” मानिएको छ। तर काफलको गुण सजिलै रूपमा बाहिरी वातावरणबाट प्रभावित हुने हुनाले प्रत्यक वर्ष टिप्ने कार्य समयसँग प्रतियोगिताजस्तै रहेको छ। 

“पहिला काफल टिप्ने अवधि लगभग दश दिन मात्र थियो। यदि पानी परेमा यो अवधि अझै छोटो हुने गर्छ। समयमै नटिपेमा किराले खाने अथवा सड्न सक्ने हुन्छ।” सुन बाइलिङले भन्नुभयो। तर जसबाट काफलहरू एउटै समयमा बजारमा बिक्री गर्नुपर्थ्यो र बजार भाउ कम थियो। ठूला शहरमा बिक्री गर्न खोजेमा ढुवानीको ठूलो समस्या बनेको थियो। त्यसैले धेरै किसानहरूले काफल खेती गर्न छोड्न खोजेका थिए। 

चालु वर्ष काफल भित्र्याउन समयमा सुन बाइलिङ अझै विस्तार गर्नुभएको छ। उहाँको गुप्त पहाडको छेउमा निर्मित ग्रीन हाउस छ।

 “ग्रीन हाउसमा रोपिएको काफल पहिलेभन्दा लगभग एक साता छिटै बजारमा बिक्री गर्न सकिन्छ। जसबाट भाउ पनि बढी प्राप्त हुने गर्छ। बढीमा आधा केजी लगभग एक सय युआन पुगेको छ।”

 पहाडको छेउमा धेरै काफलका रूखहरू नेटबाट सुरक्षा गरिएका छन्। चिङ चौ म्याउ तथा तुङ जातीय स्वायत्त जिल्लाको कृषि तथा ग्रामीण क्षेत्र ब्युरोमा कार्यरत उच्चस्तरीय प्रविधिक हु स्याउचिनको जानकारीअनुसार, यो नेटबाट पानीको प्रतिरक्षा रोप्ने प्रविधि हो। जसले किरा र गम्भीर जलवायुको प्रभावलाई कम पार्नुका साथै घामको समय पनि घटेर काफल भित्र्याउने अवधि पनि लामो पार्न सकिन्छ। 

वैज्ञानिक प्रविधिमार्फत् काफल भित्र्याउने अवधि ४० दिनभन्दा बढी लामो भएको छ। गत वर्ष चिङ चौमा काफलको बिक्री आम्दानी ४२ करोड युआन पुगेको थियो। 

ताजा काफलबाहेक चिङ चौले काफलको संशोधन व्यवसायको विकास पनि गरेको छ। काफल पियर, रक्सी, सुख्खा काफललगायत खानपान बनाइएको छ। जसबाट काफलको विक्री समय अझै लामो पारिएको छ। 

साथीहरू नेपालमा काफल पाउनसक्छ कि? चीनमा ताजा काफलको स्वाद गर्न स्वागत गर्छौं।