बेइजिङमा चीनकालागि सोलोमन टापुको राजदूतावास स्थापना
2023-07-11 14:12:44CRI
Share with:

जुलाई ११ तारिख चीनकालागि सोलोमन टापुको राजदूतावासको उद्घाटन समारोह बेइजिङमा आयोजना भएको छ। चीन भ्रमणमा रहनुभएका सोलोमन टापुका प्रधानमन्त्री मेनासी सोगाभारे उक्त समारोहमा सहभागी हुनुभएको छ।

चार वर्षपछि सोगाभारेले गर्नुभएको यो दोस्रो चीन भ्रमण हो। जुलाई ९ देखि १५ सम्म सोगाभारेको नेतृत्वमा रहेको कूटनीति तथा वाणिज्य प्रतिनिधिमण्डलले बेइजिङ, च्याङ्सु र क्वाङतोङ प्रान्तको भ्रमण गर्ने योजना छ। साथै धेरै उद्यमहरूको भ्रमण गरी सहयोगका अवसरहरू खोज्ने योजना पनि बनाइएको छ।

सन् २०१९ को सेप्टेम्बर २१ मा चीन र सोलोमनका परराष्ट्र मन्त्रीहरूले बेइजिङमा वार्ता गरी जन गणतन्त्र चीन र सोलोमन टापुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए।

सोलोमन टापु दक्षिण-पश्चिम प्रशान्त महासागरमा अवस्थित छ र यसको जनसङ्ख्या लगभग ७.२ लाख रहेको छ। पर्यटन, मत्स्यपालन र कृषि स्रोतहरू प्रचुर मात्रामा छन्। दुई देशले सबै तहमा हुने आदानप्रदानलाई थप मजबुत बनाउनुका साथै अर्थतन्त्र, विज्ञान तथा प्रविधि, दिगो विकास र शिक्षा क्षेत्रका सहयोगलाई अझ प्रगाढ बनाउने आशा प्रधानमन्त्री सोगाभारेले व्यक्त गर्नुभएको छ।