मानव इतिहासमा पहिलो पटक! तरल अक्सिजन र मिथेन इन्धनको रकेट प्रक्षेपण सफलतापूर्वक कक्षमा प्रवेश
2023-07-12 14:35:57CRI
Share with:

पैचिङ समयअनुसार, जुन १२ तारिख बिहान नौ बजे, तरल अक्सिजन र मिथेन इन्धनको ढुवानी रकेट चीनको च्यु छुन उपग्रह प्रक्षेपण केन्द्रबाट सफलताका साथ प्रक्षेपण गरिएको छ। मानव इतिहासमै पहिलोपटक मिथेन इन्धनको रकेटको सफल प्रक्षेपणबाट यो चिनियाँ अन्तरिक्ष कार्यले नयाँ तथा कम लागत ढुवानी रकेटको प्रयोगमा महत्त्वपूर्ण प्रगति हासिल गरेको द्योतक बनेको छ। 

तरल अक्सिजन र मिथेन इन्धन स्वच्छ र वातावरणकालागि हितकर हुनुकासाथै कम लागत र विविध श्रेष्ठता भएको एक किसिमको नयाँ अन्तरिक्ष इन्धन बन्दै छ। 

यस पटकको रकेट चु छ्ये नम्बर दु रकेट चीनमा पहिलो चरणमा स्थापना गरेको निजी रकेट व्यवसाय----लान च्यान अन्तरिक्ष कम्पनी फैले अध्ययन गरी निर्माण गरेको रकेट हो। गत वर्षको डिसेम्बर १४ तारिख पहिलोपटकको प्रक्षेपण विफल भए तापनि यस दोस्रोपटकमा सफलता हासिल गरेको छ।