भन्नुभन्दा गतिविधि बढी महत्व छ
2023-07-13 09:03:02CRI
Share with:

जुलाई ९ तारिख अमेरिकी अर्थमन्त्री येलेनले आफ्नो चार दिने चीन भ्रमण समाप्त गर्नुभयो। पछिल्ला केही दिनमा भएको भेटघाट र वार्ताका क्रममा चीन र अमेरिका दुवैले सम्पर्क र सहयोगलाई सुदृढ गर्ने इच्छा व्यक्त गरेका छन्।

येलेन एक महिनाभित्र चीन भ्रमण गर्ने दोस्रो अमेरिकी सरकारी अधिकारी हुनुहुन्छ। यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्नु भएको थियो । दुई पक्षले जारी गरेको सूचना हेर्दा येलेनको यस पटकको भ्रमणले चीन र अमेरिकालाई एकअर्काको चासोको बारेमा गहिरो र व्यापक समझदारी प्राप्त गर्न अनुमति दिएका छन् र दुवै पक्षले वार्ता जारी राख्ने सहमतिप पनि व्यक्त गरेका छन्।

येलेनको यसपटकको चीन भ्रमणलाई दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न र दुई देशबीचको आर्थिक क्षेत्रमा सम्पर्क र आदानप्रदानलाई सुदृढ पार्ने ठोस उपायका रूपमा हेरिएको छ।

दुई पक्षले जारी गरेको सूचना हेर्दा  चीनले वार्ता ‘रचनात्मक’ भएको विश्वास गरेको छ। आफ्नो भ्रमणको अन्त्यमा येलेनले विगत केही दिनमा चीनसँग भएको भेट प्रत्यक्ष र फलदायी भएको पनि बताउनुभयो। चीन–अमेरिका सम्बन्ध कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सबैभन्दा तल्लो तहमा पुगेको बेला दुवै पक्षका यी धारणाले चीन–अमेरिका सम्बन्धलाई सहज बनाउन र अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पूरा गर्न सहयोग गर्नेछ ।

चीन-अमेरिका सम्बन्ध अहिले कठिन समस्यामा परेको छ। मौलिक रूपमा भन्नुपर्दा अमेरिकाले चीनप्रतिको आफ्नो धारणामा गल्ती गरेको छ र चीनलाई "सबैभन्दा महत्त्वपूर्ण रणनीतिक प्रतिस्पर्धी" मान्ने गरेको छ।

यसका साथसाथै अमेरिकाले पनि अर्थतन्त्र र राजनीतिलाई अलग बनाउनपर्छ । वाशिङ्गटनको वर्तमान राजनीतिक पारिस्थिति विकृत छ। धेरै राजनीतिज्ञहरूले चीनप्रति कठोर हुने तथाकथित "राजनीतिक शुद्धता" बाहिर आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने कामलाई जारी राखेका छन्।

हाल अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ कम्पनीलाई प्रतिबन्धको सूचीमा राखेको छ। अमेरिकी सरकारले चीनमा लगानी प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई पनि अनुमोदन गरेको छ । यही कारणले गर्दा चीनले यस पटक येलेनलाई जोड दियो कि आर्थिक सहयोगको राजनीतिकरण दुई देशको विकास र विश्वव्यापी अर्थतन्त्रको लागि पनि अनुकूल छैन। अब अमेरिकाले गर्नुपर्ने भनेको चीनमा लगाइएका करहरू छिटो रद्द गर्ने, चीनतर्फको निर्यात नियन्त्रणमा खुकुलो पार्ने, चिनियाँ कम्पनीहरूमाथिको प्रतिबन्ध हटाउने र दुई देशका कम्पनीहरूलाई व्यापार र लगानी सहयोग विस्तार गर्ने अवस्था सिर्जना गर्ने हो।

विश्व बैंकले जारी गरेको पछिल्लो ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स प्रतिवेदनले आर्थिक वृद्धिदर सन्२०२२ मा ३.१ प्रतिशतबाट सन् २०२३ को २.१ प्रतिशतमा झर्ने अनुमान गरेको छ। चीन र अमेरिकाको कुल मात्रा विश्वको एक तिहाइभन्दा बढी छ र विश्व आर्थिक वृद्धिमा ५० प्रतिशतभन्दा बढी योगदान पुर्‍याएको छ। विश्व अर्थतन्त्रमा दुई पक्षबीचको आर्थिक र व्यापारिक सहयोगलाई बलियो बनाउनुको महत्त्व स्पष्ट छ। यस वर्षको सुरुदेखि नै धेरै अमेरिकी व्यापारिक अधिकारीहरू चीनको भ्रमण गर्दा "आर्थिक अलग" को विरोध व्यक्त गर्न र चीनसँग बलियो सहयोगको लागि आह्वान गरेका छन्। यसले अमेरिकी व्यापार समुदायको आवाजलाई प्रतिनिधित्व गर्दछ।

भन्नुभन्दा गतिविधि बढी महत्व छ। येलेनले चीनको भ्रमण गरेपछि चीन-अमेरिका सम्बन्धको "स्थिरीकरण र पुन:प्राप्ति" लाई प्रवर्द्धन गर्न अमेरिकाले चीनसँग मिलेर काम गर्न व्यावहारिक कदम चाल्नेछ, जसले गर्दा चीन-अमेरिका आर्थिक र व्यापारिक सहयोग देख्न सक्ने अपेक्षा गरिएको छ।