सिनच्याङमा नयाँ ऊर्जा स्रोत जेनेरेटरको क्षमता ५ करोड किलोवाट
2023-07-13 16:34:26CRI
Share with:

चीनको राष्ट्रिय विद्युत नेटवर्कअन्तर्गत सिनच्याङ बिजुली कम्पनीको डाटा केन्द्रका अनुसार, जुलाई १३ तारिखसम्म सिनच्याङमा नयाँ ऊर्जा स्रोत जेनेरेटरको क्षमता ५ करोड २ लाख ६० हजार किलोवाट पुगेको छ। यसले कूल नयाँ ऊर्जा स्रोत जेनेरेटरको ४१ प्रतिशत भाग ओगटेको छ। साथै चीनला कार्बन उत्सर्जन उच्च विन्दूमा पुर्याउन तथा कार्बन न्यूनिकरणमा यसले सक्रिय भूमिका निर्वाह गरेको छ। 

केही वर्षयता सिनच्याङमा भौगोलिक श्रेष्ठताबाट ऊर्जा स्रोतको बनौटलाई सुधार गरिँदै ल्याएको छ। सिनच्याङमा पुनः प्रयोग गर्न सकिने ऊर्जा स्रोत व्यवसायको विकास गर्दै मरूभूमि र खेतीपाती गर्न नसकिने बञ्झर जमीनमा हावा र सौर्य ऊर्जा प्रबन्धको निर्माण गरिँदै एको छ। 

यसका साथै सिनच्याङ बिजुली कम्पनीले नयाँ ऊर्जा स्रोत प्रबन्धको निगरानी र व्यवस्थापन गर्न ठूलो डाटा केन्द्रको स्थापना गरी डिजिटल तरिकाबाट नयाँ ऊर्जा प्रबन्धको व्यवस्थापन गर्दैएको छ।