सोलोमन टापुका प्रधानमन्त्रीको चीनको भ्रमण
2023-07-15 16:37:27cri
Share with:

सन् २०१९ मा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएपछि सोलोमन टापुका प्रधानमन्त्री सोगावरेले चीनको भ्रमण गर्नुभएको यो दोस्रो पटक हो। यस भ्रमणका क्रममा यी दुई पक्षले औपचारिक रूपमा नयाँ युगमा पारस्परिक सम्मान र साझा विकासको व्यापक रणनीतिक साझेदारी स्थापना गरेका छन्।

सन् २०१९ को सेप्टेम्बरमा एक चीन सिद्धान्तको आधारमा, सोलोमन टापुले औपचारिक रूपमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको हो। विगत चार वर्षमा सोलोमन टापुले यस सम्बन्धी द्रुत विकासबाट लाभ पाएको छ। हाल, चीन सोलोमन टापुको सबैभन्दा ठूलो व्यापारिक साझेदार र सबैभन्दा ठूलो निर्यात गन्तव्य हो र चीनमा हुने निर्यातले आफ्ना कुल निर्यातको दुई तिहाई ओगटेको छ। एक चीन सिद्धान्तलाई कायम राख्नु सोलोमनका विभिन्न क्षेत्रहरूको साझा सहमति बनेको छ।

सोगाभारेको चीन भ्रमणका क्रममा दुई देशबीच विकास सहयोग, व्यापार, नागरिक उड्डयन, भन्सार, मौसम विज्ञान लगायतका विषयमा धेरै द्विपक्षीय दस्तावेजमा हस्ताक्षर भएको थियो जसले व्यावहारिक सहयोगलाई गहिरो तहमा पुर्याएको छ। उहाँले चियाङसु र क्वाङतोङ प्रान्तको पनि भ्रमण गर्नुभएको छ। क्वाङतोङ प्रान्तले कुआतलकानल प्रान्त, चियाङ्मन शहर र सोलोमन टापुको होनियारा शहरसँग भगिनी सम्बन्ध स्थापना भएको छ। यस किसिमको आदानप्रदान र सहयोगबाट दुवै पक्षका जनताबीचको समझदारी र मित्रतालाई गहिरो बनाएको छ।

संसार एउटा ठूलो परिवार हो र हरेक देशको विकासको अधिकार छ। यो वर्ष "बेल्ट एण्ड रोड" निर्णय प्रस्तावको संयुक्त निर्माणको दशौँ वार्षिकोत्सव मनाइँदैछ। सोलोमन टापुहरूले पनि "२०३५ विकास रणनीति" तयार गरेको छ।  प्रधानमन्त्री सोगावरेले आफ्नो चीन भ्रमण ‘घर फर्किएको जस्तै’भएको बताउनुभएको छ । सच्चा साथी राम्रो हुनका लागि धेरै आवत जावत गर्नुपर्छ।