सञ्जाल सूचना कार्यको उच्च गुणस्तरीय विकासलाई अघि बढाइने
2023-07-17 15:11:33cri
Share with:

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सञ्जालको सुरक्षा र सूचना कार्यप्रति महत्वपूर्ण निर्देशन दिनुभएबाट समाजका विभिन्न पक्षद्वारा हार्दिक प्रतिक्रिया जनाइएको छ। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि चीनको सञ्जाल सुरक्षा र सूचना कार्यमा ठूलो प्रगति हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय सञ्जाल क्षेत्रला स्पष्ट र प्रभावकारीरूपमा सबल पारेको र सञ्जालको बलियो मुलुकको निर्माणमा नयाँ पाइला सारेको औँल्याउनुभएको छ।

सञ्जाल र सूचना कार्यमा चीनको विशेषतायुक्त शासन गर्ने बाटोमा हिँड्न राष्ट्राध्यक्ष सीले जोड दिँदै विकास र सुरक्षालाई मेलमिलापयुक्त ढंगले जोड्नुपर्ने पनि बताउनुभएको छ। सञ्जाल र सूचना कार्यमा सारा समाजको सञ्जाल सुरक्षा विचार र प्रतिरोध शक्तिलाई अघि बढाएर मुलुकको सञ्जाल सुरक्षाको पर्खाललाई सुदृढ पार्न विभिन्न क्षेत्रका व्यक्तिहरूले पनि व्यक्त गरेका छन्।