चीनको विकासबाट विदेशी लगानीले कसरी लाभ उठाउने?
2023-07-18 16:17:24cri
Share with:

विश्व प्रसिद्ध कम्पनी सिमेन्सले छन्तुमा औद्योगिक स्वचालित उत्पादन निर्माण अखडाको निर्माण गर्नका लागि स्थिर सम्पत्तिमा थप ११ करोड चिनियाँ युआन बराबर लगानी गर्यो। १० अर्ब युआनको कुल लगानी लगाइएको गाडी कम्पनी बीएमडब्लूको छैटौँ पुस्ताको पावर ब्याट्री परियोजना शनयाङमा शुरू भएको छ। यस वर्षको सुरुदेखि यता विदेशी पूँजीहरूले चीनमा आफ्नो लगानी बढाएका छन्।

प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार, चालू वर्षको पूर्वाद्धमा चीनको कुल गार्हस्थ्य उत्पादन परिमाण (जीडिपी) गत वर्षको सोही अवधिको तुलनामा ५.५ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिदर विश्वका मुख्य विकसित अर्थतन्त्रको भन्दा तीव्र छ जसबाट चीन विश्वको विकास इन्जिनको रुपमा रहिरहेको पाइएको छ।

विदेशी लगानीका लागि यसको अर्थ सबैभन्दा पहिले ठूलो बजारको अवसर हो। उद्यमहरूको लागि, "लगानी र उत्पादन अनुपात" नै आफूले लगानी र विकास गर्दा गर्नुपर्ने प्राथमिक पक्ष हो। वास्तविक लाभ भनेको विदेशी पुँजीले चीनमा अवसर प्राप्त गर्नु हो। चालू वर्षको सुरुदेखि चीनले सक्रिय रूपमा बजार र कानून-आधारित अन्तर्राष्ट्रिय व्यापार वातावरणको निर्माणमा तीव्रता दिँदै आएको छ। हालसम्म चीनले विश्वव्यापी औद्योगिक र आपूर्ति चेनको सञ्चालनका लागि महत्त्वपूर्ण समर्थन प्रदान गरिरहेको छ जुन धेरै अन्तर्राष्ट्रिय व्यक्तित्वहरू सहमत छन्।

यसका अतिरिक्त, विश्वको संचालन तथा व्यवस्थामा चीनले निरन्तर भूमिका निर्वाह गर्दै विदेशी लगानीका लागि धेरै सुविधा पनि ल्याएको छ। हालै विश्व व्यापार संगठन डब्ल्यूटीओमा ‘लगानी सहजीकरण सम्झौता’ सम्बन्धि वार्ता सम्पन्न भएको छ र सम्बन्धित अनुमानअनुसार, यो सम्झौता लागू भएपछि यसले विश्वलाई १० खरब अमेरिकी डलर बराबरको आर्थिक वृद्धिको लाभ दिनेछ।

वाल स्ट्रिटले यस वर्षको बाँकी समय 'विश्वव्यापी वृद्धिको इन्जिनको रूपमा आफ्नो स्थिति कायम राख्न' चीनमाथि भरोसा गरिरहेको केही विदेशी सञ्चारमाध्यमले जनाएको छ। बाह्य वातावरण अधिक जटिल र गम्भीर हुँदै गइरहेको छ भने चीनको घरेलु आर्थिक विकास पनि दबाबमा छ। तापनि चीनको अर्थव्यवस्थाको दीर्घकालीन राम्रो अवस्थामा परिवर्तन भएको छैन र बलियो लचीलोपन, ठूलो क्षमता र पूर्ण जीवनशक्ति भन्ने विशेषताहरूको पनि परिवर्तन भएका छैनन्। यसो गर्दा चीनमा लगानी गर्नु नै भविष्यमा लगानी गर्नु हो भन्ने व्यापक सहमति अन्तर्राष्ट्रिय समुदायको भन्ने कुरा बुझ्न सकिन्छ।