चिनियाँ राष्ट्राध्यक्ष र फिलिपिन्सका पूर्व राष्ट्रपति बीच भेट
2023-07-18 07:00:04cri
Share with:

जुलाई १७ तारिख अपरान्ह, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेसँग बेइजिङमा भेट गर्नुभएको छ।

भेटमा चिनियाँ राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः फिलिपिन्सको राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा तपाईँले दुई देशबीच मैत्रीपूर्ण आदानप्रदानमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। चीन र फिलिपिन्स दुवै एशियामा विकासोन्मुख देशहरू हुन् र दुई देशहरूको विकास साझा जीत सहयोग भएको एसियाली परिवारमा आधारित छ। चीनले चीन-फिलिपिन्स सम्बन्धमा सधैँ महत्व दिँदै आएको छ र फिलिपिन्ससँग स्थिर र दूरगामी आपसी सम्बन्धको प्रबर्द्धन गर्ने इच्छा चीनले लिएको छ। दुई देशबीचको मैत्रीपूर्ण सहकार्यमा तपाईँले निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै जाने हाम्रो आशा छ।

भेटमा फिलिपिन्स र चीन बीच मैत्रीपूर्ण सम्बन्धको विकास गर्नु नै दुई देशका जनताको हितसँग घनिष्ट सम्बन्ध रहेको र यो नै अधिकाँश फिलिपिनो जनताको आकांक्षा पनि भएको फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्तेले व्यक्त गर्नुभयो। फिलिपिन्स र चीनबीचको मित्रतालाई बढाउन आवश्यक भूमिका खेल्दै जान इच्छुक रहेको पनि उहाँले उल्लेख गर्नुभयो।