अमेरिकाले किसिन्जर शैलीको कूटनीतिक बुद्धिलाई पुनरावलोकन गर्नु जरूरी
2023-07-21 16:28:44cri
Share with:

जुलाई २० तारिख बेइजिङमा त्याउयुथाइ स्टेट गेस्ट हाउसको ५ नम्बर भवनमा एक विशेष अतिथिलाई स्वागत गरियो।

सोही दिन, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरसँग भेटवार्ता गर्नुभयो। राष्ट्राध्यक्ष सीले सय वर्षीय किसिन्जरलाई 'पुरानो मित्र' भन्दै चीन-अमेरिका सम्बन्धको विकास तथा चिनियाँ र अमेरिकी जनताबीचको मित्रता अभिवृद्धिमा उहाँले दिनुभएको ऐतिहासिक योगदानको सराहना गर्नुभयो। सो अवसरमा डा. किसिन्जरले आफ्नो विचार व्यक्त गर्दै भन्नुभयोः अमेरिका-चीन सम्बन्ध दुवै देश लगायत विश्वको शान्ति र समृद्धिका लागि महत्वपूर्ण रहेको छ र दुई देशका जनताबीच आपसी समझदारी अभिवृद्धिका लागि निरन्तर प्रयास गर्दै जाने इच्छा रहेको छ।

५२ वर्षअघिको जुलाईमा पनि यसै स्थानमा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनका विशेष दूतको रूपमा किसिन्जरले चीनका पुराना पुस्ताका नेताहरूसँग भेट गर्दै चीन-अमेरिका सम्बन्ध सामान्यिकरण प्रक्रियालाई सुरु गर्नुभएको थियो।

अमेरिकी राजनीति क्षेत्रमा किसिन्जरले चीनसँग संवाद, सम्पर्क गर्दै मतभेदहरूको उचित व्यवस्थापन गर्ने व्यावहारिक शक्तिको प्रतिनिधित्व गर्नुहुन्छ। अमेरिकी हितको साँच्चिकै रक्षा गर्ने गतिविधिको आधारमा यस शक्तिले चीन सम्बन्धि तर्कसंगत र रचनात्मक नीति तर्जुमा गर्ने गर्छ।

यता किसिन्जरले आफ्नो व्यक्तिगत रूपमा चीन भ्रमण गरेसँगै चीन र अमेरिकाबीच आधिकारिक स्तरको सम्पर्क पनि बढ्दै गइरहेको छ। चीन-अमेरिका सम्बन्धको सुधारमा नयाँ "झ्याल खोल्ने अवसर" देखा परेको विश्वास धेरै विश्लेषकहरूले गरेका छन्। यसबाट के प्रमाणित गरिएको छ भने चीन-अमेरिका सम्बन्ध राम्रो बनाउने कि नबनाउने भन्ने छनौट गर्ने प्रश्न होइन, तर कसरी राम्रो बनाउने भन्ने अनिवार्य उत्तर दिनुपर्ने प्रश्न हो।

चिनियाँहरूको एक भनाइ छ किः "पुरानो ज्ञानलाई फेरि हेर्दा नयाँ ज्ञान पाउन सकिन्छ। विगत ५२ वर्षमा चीन र अमेरिकाले एकपछि अर्को गरी दुई देश लगायत विश्वलाई फाइदा हुने ठूला ठूला कामहरू गरेका छन्। हिजोआज, अमेरिकी नीति निर्माताहरूले इतिहास हेरेर उत्तर खोज्नुपर्छ। चीन-अमेरिका सम्बन्धको भविष्य आजको छनौटमा निर्भर छ र ऐतिहासिक अनुभवबाट अलग पार्न सकिँदैन। चीन-अमेरिका सम्बन्धको प्रश्नको जवाफ दिनकालागि अमेरिकालाई किसिन्जरको जस्तो कूटनीतिको बुद्धि चाहिन्छ।