माल्भिनास टापूको बारेमा बेलायत अझै पनि मौन बस्दैछ?
2023-07-21 19:18:17cri
Share with:

हालै, तेस्रो ल्याटिन अमेरिकी र क्यारेबियन राष्ट्रहरूको समुदाय (सेलेक)-यूरोपेली संघका नेताहरूको शिखर सम्मेलनको वक्तव्यमा माल्भिनास टापू (फकल्याण्ड) को सार्वभौमिकताको विषयलाई समावेश गरिएको तथा अन्तर्राष्ट्रिय कानूनको सम्मानको आधारमा वार्ताको माध्यमबाट शान्तिपूर्ण रूपमा विवादको समाधान गर्न दुवै पक्ष सहमत भएको जनाइएको छ। यूरोप तथा ल्याटिन अमेरिका यी दुई ठूला क्षेत्रको संगठनले आफ्नो वक्तव्यमा माल्भिनास टापूको सार्वभौमिकतालाई उल्लेख गरेको यो पहिलो पटक हो। यूरोपेली संघले माल्भिनास टापू (फकल्याण्ड) को सार्वभौमिकताप्रति सेलेकको ऐतिहासिक अडानमा ध्यान दिएको जनाएको छ। साथै संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तहरूप्रति आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि पनि गरिएको छ। यसबाहेक, उक्त वक्तव्यको अंग्रेजी संस्करणमा अर्जेन्टिनाले टापुको लागि राखेको नाम "माल्भिनास टापु" को प्रयोग गरेपछि मात्रै अंग्रेजी नाम "फकल्याण्ड टापु"को प्रयोग गरिएको हो। सो वक्तव्य सार्वजनिक भएपछि अर्जेन्टिनाले त्यसको स्वागत गर्दै यसलाई महत्वपूर्ण 'कूटनीतिक विजय' जनाएको छ भने बेलायतले रिस पोख्दै उक्त वक्तव्यमा प्रयोग गरिएका शब्दहरूको चयन "अफसोस लाग्ने" भएको जनाएको छ।

युरोपका पुराना छिमेकीहरूले बोलिसकेका छन् कि बेलायत अब मौन बस्नुहुँदैन। संयुक्त राष्ट्रसंघको निर्णय प्रस्ताव र अन्तर्राष्ट्रिय समुदायको बढ्दो आवाजको सामना गर्दै बेलायतले उपनिवेशिक सपनाबाट चाँडो ब्यूँझेर अर्जेन्टिनासँग वार्ता पुन: सुरु गर्नुपर्छ र माल्भिनास टापुहरूलाई चाँडै फर्काउनुपर्छ। १९० वर्षसम्म बेलायती अवैध कब्जापछि माल्भिनास टापू स्वदेश फर्कने दिन नजिकिँदै आएको छ।