४ उपग्रह बोकेको चिनियाँ रकेट सफलताका साथ प्रक्षेपण
2023-07-23 16:19:51cri
Share with:

 

पैचिङ समय अनुसार, जुलाई २३ विहान १०:५० मा, चीनले थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रमा लङ मार्च-२ घ नम्बरको ४ वटा उपग्रह बोकेको क्यारियर रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको छ। ती उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षामा प्रवेश भएपछि उक्त प्रक्षेपण मिशन पूर्ण रूपमा सफल भएको जनाइएको छ।

प्रक्षेपित ४ उपग्रहमध्येका ३ वटा मुख्यतया रिमोट सेन्सिंगको तरिकाबाट डेटा प्राप्त गरेर व्यावसायिक रिमोट सेन्सिंग सेवाहरू प्रदान गर्ने क्षेत्रमा प्रयोग गरिन्छ भने बाँकी १ उपग्रह मुख्यतया उपग्रह संचार प्रविधिको प्रमाणीकरणको लागि प्रयोग गरिन्छ।

प्राप्त जानकारी अनुसार, यो मिसन लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४७९ औँ उडान कार्य थियो।