हरेक सेकेन्ड हेर्न लायक!
2023-07-24 18:35:39cri
Share with:

 

जुलाई २८ तारिख ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआड खेलकुदको उद्घाटन समारोह चीनको छङ तु शहरको तोङ आन हु खेलकुद पार्कको खेलकुद मैदानमा आयोजना गरिनेछ। हाल उद्घाटन समारोहका महानिर्देशक छ्न वै याले सिर्जनशील डिजाइनबारे जानकारी दिनुभएको छ। उहाँका अनुसार, चिनियाँ विशेषता, युगको छवी र युवाकालको दृश्य लगायतका विविध तत्वहरूलाई उद्घाटन समारोहमा समेटिएको छ। “सम्पूर्ण उद्घाटन समारोहका हरेक सेकेन्ड हेर्न लायक छ!” उहाँ भन्नुहुन्छ। 

 

महानिर्देशक छ्नका अनुसार, उद्घाटन समारोहको मुख्य नारा “युवाकालको सपना खोजौँ” भन्ने रहेको छ। उद्घाटन समारोहका सम्पूर्ण अभिनेता अभिनेत्री र स्वयम सेवकहरूमध्ये ९९ प्रतिशत विश्वविद्यालयका विद्यार्थीहरू हुन्।