हाङ चौ एसियाली खेलकुदमा हरेक दिन एक हजार टनभन्दा बढी सामग्रीको व्यवस्था
2023-07-24 18:49:39cri
Share with:

 

१९ औँ एसियाली खेलकुद सेप्टेम्बर २३ तारिखदेखि अक्टोबर ८ तारिखसम्म पूर्वी चीनको च च्याङ प्रान्तीय हाङ चौ र निङ पो लगायत पाँच सह-आयोजक सहरहरूमा आयोजना हुनेछ। एसियाली खेलकुद नजिकिँदै गर्दा विभिन्न देशका सामग्रीहरू एकपछि अर्को गर्दै हाङ चौ शहर आइपुग्ने छन्।

 

हाङ चौ एसियाली खेलकुद रसद केन्द्रको निर्माण क्षेत्र ७२,००० वर्ग मिटरभन्दा बढी छ। कार्यक्रमको क्रममा यहाँ विभिन्न सामग्रीको आवद-जावदको एक लाख टनभन्दा बढी हुनेछ र शिखर अवधिमा दैनिक प्रशोधन क्षमता एक हजार टन भन्दा बढी हुन सक्छ। त्यतिबेला ६ वटा प्रतियोगिता सहर, ४५ राष्ट्रिय तथा क्षेत्रीय प्रतिनिधिमण्डल, ५६ वटा प्रतियोगिता स्थल, झण्डै १०० भन्दा बढी तालिम स्थलहरू र होटलहरू साथै १०,००० भन्दा बढी प्रतियोगी तथा प्राविधिक अधिकारीहरू र १० लाख टनभन्दा बढी एसियाली खेलकुद प्रतियोगिता तथा प्रतियोगिताका सामग्रीहरू शृङ्खला र समानान्तरमा विशाल नेटवर्कद्वारा जोडिनेछन्।