सी चिन फिङ ३१ औँ विश्व विश्वविद्यालयको उद्घाटन समारोहमा सहभागी हुनुहुने
2023-07-24 15:31:04cri
Share with:

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जुलाई २७ देखि २८ तारिखसम्म छनतुमा आयोजना हुने ३१औँ विश्व विश्वविद्यालय खेलकुद उद्घाटन समारोहमा भाग लिनुका साथै उद्घाटन समारोहमा सहभागी हुन चीन आएका विदेशी नेताहरूलाई स्वागत भोज र सम्बन्धित द्विपक्षीय गतिविधिहरू आयोजना गर्ने घोषणा गर्नु भएको छ।

उद्घाटन समारोहमा भाग लिन चीन आएका विदेशी नेताहरूमा इन्डोनेसियाका राष्ट्रपति जोको, इस्लामिक गणतन्त्र मौरिटानियाका राष्ट्रपति गाजवानी, बुरुन्डी गणतन्त्रका राष्ट्रपति नदेइस्मिए, गुयानाका राष्ट्रपति अली, जर्जियाका प्रधानमन्त्री गरिबासभिली र फिजी गणतन्त्रका प्रधानमन्त्री लाम्बका रहेका छन्।