छङतुलाई माया गर्ने
2023-07-25 14:23:19cri
Share with:

 जुलाई २८ तारिख ३१औँ विश्व विश्वविद्यालय ग्रीष्म खेलकुदको उद्घाटन समारोह दक्षिण पश्चिमी चीनको सछ्वान प्रान्तको छङतु सहरमा योजना हुँदैछ। फराकिला सडक, मीठा खानेकुरा, नन्दलाग्दो जीवन छङतु एका हरेक व्यक्तिले यस सहरलाई अति मन पराउँछन्। छङतुलाई माया गर्ने कारण के कस्ता छन्? 

चीनको सिनह्वा समाचार समितिद्वारा योजित वार्षिक सर्भेक्षण अनुसार लगातार १४ वर्षदेखि छङतुचीनमा सबैभन्दा सुखमय सहरको रूपमा छनौट भएको छ। सन् २००९ को छङतुको १ करोड २० लाख जनसंख्याबाट हाल २ करोड १० लाखसम्म वृद्धि भएर चीनमा केही वर्षयता सबैभन्दा द्रुत गतिमा जनसंख्या वृद्धि हुने सहरमध्येको एक बनेको छ। 

सन् २०१० मा संयुक्त राष्ट्र संघअन्तर्गत शिक्षा, विज्ञान र संस्कृति संगठनले छङतुलाईविश्व खाद्यको राजधानीको नाम दिएको थियो। उक्त पुरस्कार प्राप्त गर्ने एशियामा छङतु पहिलो सहर सहर हो। छङतुमा चीनको सबैभन्दा सुन्दर पुस्तकपसल पनि छ। छङतु सहर २ हजार ३ सय वर्षको लामो इतिहास बोकेको पुरानो सहर पनि हो। साथै छङतु पाण्डाको पनि घर हो। छङतु सहरले विश्वव्यापी मानिसलाई कर्षित गर्नुको एउटा कारण पाण्डा पनि हो।