यी जातीय गाउँबाट बाहिर उडेको चरा फर्किएको कथा
2023-07-25 09:41:20cri
Share with:

स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय स्वायत्त प्रिफेक्चर दक्षिण-पश्चिमी चीनमा पर्दछ। त्यहाँ एक हजार मिटर उचाइमा आपुलोहा नामक गाउँ छ। यी जातीय भाषामा आपुलोहा “पहाडी क्षेत्रमा रहेको गहिरो उपत्यका, मानिस जान कठिन ठाउँ” हो। पहिला गाउँबाट बाहिर जान भीरमा रहेको ज्यादै साँघुरो बाटोमा ३-४ घण्टा हिँड्नुपर्थ्यो। अधिकाँश मान्छेहरू जीवनभरि गाउँबाट बाहिर गएका थिएनन्। त्यो क्षेत्र चीनमा राजमार्ग सञ्जालन भएको अन्तिम गाउँ हो। जसबाट यो गाउँ नामी बनेको छ।

 

सन् १९९५ मा जन्मेको चिलेचरि आपुलोहा गाउँबाट विश्वविद्यालयमा भर्ना भएका पहिलो व्यक्ति हुन्।

“बाहिरी संसारले मेरो जीवनलाई ढोका खोलेको छ। मैले अझ बढी गाउँलेका लागि ढोका खोल्नखोज्छु।” चिलेचरिले यसरी भन्नुभयो।

 

गाउँलाई छिटै गरिब हटाउन सहयोग गर्नका लागि सन् २०१७ मा चिलेचरि गाउँ फर्केर गाउँका जिम्मेवारीमा नियुक्त हुनुभयो। त्यसपछि उहाँले गाउँलेहरूको नेतृत्व गरेर केरा तथा सुन्तला रोप्नुका साथै पर्यावरणीय कुखुरा तथा कालो बाख्रा पाल्न थाल्नुभएको छ। जसबाट गाउँलेहरूको जीवन क्रमशः धनी बन्दैछ। सो क्रममा उहाँले व्यवसाय वा शिक्षाको विकास गर्न पनि चिकित्साको सुधार गर्न पनि, यातायातको असुविधा अवस्थाबाट रोकिएको विचार गर्नुभएको छ।

 

सन् २०२० को जुनमा  चिलेचरिको समन्वयमा ३.८ किलोमिटर लामो मार्ग आपुलोहा गाउँलेहरूको आवाससम्म सञ्चालित भएको छ। जसबाट गाउँलेहरू गाउँबाट सबैभन्दा नजिकै बस्ती जाने समय ३० मिनेटमा झरेको छ।

 

सडक सञ्चालन भएपछि गाउँको विकास झन् झन् तिव्र गतिले बन्दैछ। गाउँलेको जीवन पनि झन् झन् राम्रो बन्दै छ। हाल आपुलोहा गाउँमा आफ्नो शिशुशाला र स्कूल भएका छन्। गाउँलेहरूले विशेषतायुक्त रोपण व्यवसाय तथा पशुपालन व्यवसायको विकास गर्नुका साथै इ-वाणिज्यमार्फत् बिक्री बढाउन सिकेका छन्। गाउँमा होमस्टे तथा क्याम्पिङ साइटको निर्माण गरिनुका साथै पूरानो मार्गको अनुभव, उपत्यकामा विद्युतीय यातायात गाडिलगायत ग्रामीण पर्यटकीय कार्यक्रमको स्थापना गरिएको छ। कृषि र पर्यटन मिलेर विकास  आपुलोहा गाउँको विकास गर्ने नयाँ मार्ग बनेको छ।

“पहिला तारा भरिएको सुन्दर आकाश हामी आफैँले मात्र हर्न सक्थ्यौँ। भविष्यमा हामीले अझ बढी मान्छे बोलाउन खोजेका छौँ।” चिलेचरिले भन्नुभयो। बाहिर गएर फर्केको पहिलो चरा भएका हैसितमा उहाँले अझ बढी युवकहरू जन्मथलो फर्केर मौका खोज्नुका साथै गाउँमा ताजा रगत थप्ने आशा गर्नुभएको छ।