अमेरिकामा उच्च तापमानको गम्भीर असर
2023-07-25 09:00:06cri
Share with:

 

केही दिनयता पश्चिमी र दक्षिणी अमेरिकाका धेरै ठाउँहरूमा उच्च तापक्रमबाट धेरै व्यक्ति पीडित बनेका छन्। पूर्वानुमानका अनुसार गर्मीको लहरको दायरा बिस्तारै अमेरिकाको मध्यपश्चिममा फैलिने भएको छ। स्थानीय समय अनुसार जुलाई २३ तारिख सार्वजनिक उच्च तापक्रम चेतावनीले १० भन्दा बढी राज्य र ७७० लाखभन्दा बढी मानिस प्रभावित बनेका छन्।

 

अमेरिकी राष्ट्रिय मौसम सेवाले अन्तर्देशीय उत्तरपश्चिममा पनि ठूलो आगोको खतरा हुने सूचना सार्वजनिक गरेको छ। गर्मीको लहर आगामी केही दिनमा पूर्वतिर फैलिनेछ साथै बिस्तारै अमेरिकाको मध्यपश्चिमलाई ढाक्नेछ र यसैले धेरैजसो क्षेत्रलाई असर गर्नेछ।