छङ तुद्वारा युवालाई शहरको विकास कार्यको केन्द्रीय स्थान प्रदान
2023-07-25 16:42:53cri
Share with:

 

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआड जुलाई २८ तारिख चीनको दक्षिण पश्चिमी भागको सछ्वान प्रान्तको छङ तुमा शुरू हुँदैछ। त्यति बेला एउटा विशेषतायुक्त र मनोरञ्जनात्मक युवा समारोहलाई विश्वसमक्ष पनि देखाइनेछ।

 

सिर्जनशील कार्य र रोजगारी अवस्थाका मुख्य शक्तिको हैसियतले युवाहरूले शहरको वैज्ञानिक र प्राविधिक सिर्जनशील कार्यका लागि पर्याप्त जिवन्त शक्ति थपिदिँदै आएका छन्। बितेका केही वर्षयता छङ तु शहरले सधैँ नै युवालाई शहरको विकास कार्यको केन्द्रीय स्थानमा राख्दै वास्तविक अवस्था बमोजिम विशेषतायुक्त परियोजनाको तर्जुमा गरी सिर्जनशील कार्य चलाउन युवाहरूका लागि सकारात्मक र स्वस्थ वातावरणको सिर्जना गर्दै आएको छ।

 

चालु वर्षयता विश्व युनिभर्सिआडका स्वयम सेवक बन्नु नै अधिकांश युवाहरूका लागि एउटा आकर्षित जीवन शैली बनेको देखिन्छ।