सी चिनफिङद्वारा कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनलाई बधाई सन्देश
2023-07-25 15:40:36cri
Share with:

जुलाई २५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले कम्बोडियन पिपुल्स पार्टीका अध्यक्ष हुन सेनलाई बधाई सन्देश पठाउनुहुँदै सातौँ राष्ट्रिय चुनावमा कम्बोडियन पिपुल्स पार्टीको नेतृत्व गर्न सफल भएकोमा बधाई व्यक्त गर्नुभएको छ।

 

राष्ट्रपति हुन सेनको नेतृत्वमा रहेको शाही कम्बोडिया सरकारको सही नेतृत्वमा कम्बोडियाले राजनीतिक स्थायित्व, आर्थिक विकास, जनताको जीविकोपार्जनमा सुधार र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा निरन्तर सुधार गरेको सी चिनफिङले औँल्याउनुभयो। राष्ट्राध्यक्ष सीले चीनले सधैँ कम्बोडियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा लाग्न सहयोग गर्ने पनि सन्देशमा औँल्याउनुभएको छ।

 

सी चिनफिङले चीन र कम्बोडिया साझा भविष्य समुदाय भएको कुरामा जोड दिनुभयो। ‘चिनियाँ कम्युनिष्ट पार्टीले कम्बोडियाको पिपुल्स पार्टीसँगको मैत्रीपूर्ण सहयोगलाई ठूलो महत्त्व दिन्छ,’ उहाँले व्यक्त गर्नुभयो। ‘म अध्यक्ष हुन सेनसँग द्विपक्षीय सम्बन्धमा राजनीतिक मार्गदर्शन सुदृढ गर्न, अन्तर-पार्टी र अन्य आदानप्रदान र विभिन्न क्षेत्रमा सहयोगलाई अझ प्रगाढ बनाउन र उच्च गुणस्तर र उच्च स्तरको निर्माणकालागि मिलेर काम गर्न इच्छुक छु’ राष्ट्राध्यक्ष सीले भन्नुभयो।