उच्च स्तरीय अमेरिकी अधिकारीहरूको दक्षिण प्रशान्तमा निरन्तर भ्रमणको उद्देश्य
2023-07-27 18:06:05cri
Share with:

 

जुलाई २६ तारिख अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन टोंगामा नयाँ अमेरिकी दूतावासको उद्घाटन समारोहमा सहभागी हुनु भएको छ। ५१ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएपछि अमेरिका र क्यानाडाले दूतावास खोलेको यो पहिलो पटक हो। सोही दिन अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पपुवा न्यू गिनीको भ्रमण गर्नुभएको छ। त्यसपछि यी अधिकारीहरू अष्ट्रेलियामा भेट्ने योजना बनाएका छन् र अस्ट्रेलियासँग मिलेर वार्षिक "२+२" वार्ता आयोजना गर्ने भएका छन्।

सन् २०२३ मा अमेरिकाले सोलोमन टापुहरूमा आफ्नो दूतावास पुन: खोलेको छ। यसअघि ३० वर्षदेखि त्यहाँ अमेरिकाको दूताबास बन्द थियो। साथै अमेरिकाले टोंगा र भानुआटुमा फेरि नयाँ दूतावासहरू खोलेको छ। यसबाहेक, अमेरिकी राष्ट्रपति बाइडेनले गत वर्षको सेप्टेम्बरमा वाशिंगटनमा आयोजित पहिलो अमेरिका-प्रशान्त टापु शिखर सम्मेलनमा सहभागी हुन प्रशान्त टापु देशका नेताहरूलाई आमन्त्रित गर्नुभएको थियो। विश्लेषणका अनुसार अमेरिकाले दक्षिण प्रशान्त क्षेत्रमा सैन्यीकरण गरिरहेको छ र दक्षिण प्रशान्त टापु देशहरूलाई दक्षिणी गोलार्धमा चीनलाई समावेश गर्नका लागि रणनीतिक आधार बनाउन चाहन्छ।

चीनले दक्षिण प्रशान्त क्षेत्रका देशहरूको विकासका लागि सबै सहकार्यलाई स्वागत गर्दछ। यद्यपि अमेरिकाले तथाकथित "इन्डो-प्यासिफिक रणनीति"लाई जबरदस्ती गरिरहेको छ र तथाकथित "चीन खतरा सिद्धान्त" बनाइरहेको छ। साथै अमेरिकाले दक्षिण प्रशान्त क्षेत्रका देशहरूलाई आफ्नै रणनीतिक अभिप्राय बमोजिम काम गर्न बाध्य पार्ने प्रयास गरिरहेको छ।