चीनमाथि साइबर आक्रमण गर्दै अमेरिका
2023-07-27 17:07:35cri
Share with:

 

जुलाई २६ तारिख चीनको हु पै प्रान्तको वुहान शहरको आपतकालीन व्यवस्थापन ब्यूरो र प्रहरी विभागले क्रमश विज्ञप्ति र पुलिस रिपोर्ट सार्वजनिक गरेका छन्। चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्रले वुहान भूकम्प अनुगमन केन्द्र साइबर आक्रमणमा परेको पत्ता लगाएको छ। अनुसन्धानका अनुसार, आक्रमणकारी सरकारी पृष्ठभूमि भएको विदेशी ह्याकर संगठन हो। प्रारम्भिक प्रमाणले साइबर आक्रमण अमेरिकाबाट भएको देखाउँछ।

 

वुहान भूकम्प अनुगमन केन्द्रमा भएको साइबर आक्रमण समस्याबाट हेर्दा अमेरिकाले चीनमाथि निरन्तर बढ्दै आएको "सुरक्षा चिन्ता"को कारणले अनियन्त्रित, सीमाविहीन र अथाह साइबर आक्रमण गरेको गतिविधि अमेरिका वास्तविक ह्याकर साम्राज्य हो भन्ने कुरा फेरि प्रमाणित भएको देखिन्छ।

 

चीनले गैरजिम्मेवार साइबर आक्रमणको कडा निन्दा गरेको छ र साइबर सुरक्षा गर्न आवश्यक कदम चाल्ने योजना बनाएको छ।