पत्रकार पूर्णिमा श्रेष्ठद्वारा केटू हिमालको सफल आरोहण
2023-07-28 16:14:51cri
Share with:

 

नेपालकी फोटोपत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गर्नु भएको छ। आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उहाँले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिनु भएको बाह्रखरी अनलाइनले लेखेको छ।

शिखर चुमिसकेपछि उहाँले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गर्नु भएको छ। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उहाँले अवतरणबारे पनि अपडेट दिने बताउनु भएको छ।

आठ हजार ६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो।