प्रकाशबाबु पौडेलको क्यामरामा ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड
2023-07-28 19:09:39cri
Share with:

चीनको सछ्वान प्रान्तको सदरमुकाम छन्दूमा जुलाई २८ तारिखदेखि ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड खेलकूद आयोजना हुँदैछ। यस खेलकूदले विश्वभरिका युवा पुस्तालाई हौसला र प्रेरणा थप्नेछ। यतिबेला विश्वभरका विश्वविद्यालयका विद्यार्थीलाई छन्दूले आकर्षण गरेको छ। अनि थुप्रै देशका राष्ट्रनायक र सरकार प्रमुखहरु पनि छन्दूमा आमन्त्रित भएका छन्।

नेपालबाट पनि तीनजना पत्रकारहरु यस समारोहमा उपस्थित भएका छन्। रे टेलिभिजनका प्रमुख प्रकाशबाबु पौडेलको नेतृत्वमा पत्रकारहरु रमेश भट्टराई हतुवाली र डिल्लीरमन सुवेदी नेपालबाट समाचार सङ्कलनका लागि छन्दूमा आउनु भएको छ। प्रकाशबाबु पौडेलका आफ्नो क्यामरामा कैद गर्नु भएको छन्दूको दृश्यावलोकन यी फोटोबाट गर्न सकिन्छ।