किर्गिजिस्तानकी महिला चिनचिनका लागि सीआन आफ्नो दोस्रो जन्मथलो
2023-07-28 10:33:52cri
Share with:

सन् २०२३ मे महिनामा पहिलो चीन-मध्य एशिया शिखर सम्मेलन चीनको पल्लो शान सी प्रान्तीय सीआन शहरमा आयोजना भएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो चीन-मध्य एशिया शिखर सम्मेलनको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभयो। मध्य-एशियाली पाँच मुलुकका राष्ट्रपतिहरूले उक्त शिखर सम्मेलनमा भाग लिएका थिए।

 

किर्गिजिस्तानबाट आएकी चिनचिन सीपै विश्वविद्यालयका तेस्रो वर्षका विद्यार्थी हुन्। रुसी भाषामा चिनचिनको अर्थ “सुनौलो चन्द्रमा” हो। त्यसैले उनले आफूलाई चिनचिनको नामाकरण गरिन्। उनले चीनमा चार वर्षसम्म बसोबास गरेता पनि उनको मनमा चीनको आकर्षण शक्तिमा कुनै पनि कमी छै‍न बरु बढेको छ। चिनचिन भन्छिन् “माध्यम विद्यालयमा हुँदा हामीले इतिहास पाठ पढ्यौं। इतिहास शिक्षकले विश्वका सात आश्चर्य सिकाएका थिए। पहिलो आश्चर्य पैचिङको ग्रेटवाल हो। विदेशमा मैले छङ लुङ अर्थात् ज्याक चनको चलचित्र हेरेँ। मेरो विचारमा हरेक जना चिनियाँले थाइ चि र कुङ फु जान्दछन्।”

 

हालसम्म चिनचिनले सीआन शहरमा तीन वर्षसम्म बसोबास गरेकी छन्। सीआनका प्रसिद्ध साँस्कृतिक द्योतकबारे उनलाई सबै थाहा छ। उनी चीनको परम्परागत लुगाकपडा लगाउन र पुरानो भवनको सडकमा हिँड्न मन पराउँछिन्। उनलाई पनि सीआनको विशेष खाना मन पर्छ। चिनचिनले भने अनुसार, सिआन शहर साँस्कृतिक विशेषता रहेको पुरानो शहर मात्र नभई खुला आधुनिक अन्तर्राष्ट्रिय ठूलो शहर हो। अझै धेरै विदेशीहरूले सीआन शहरमा बसोबास गरेका र उद्यम गरेका छन्। सीआन शहरले पनि विदेशीहरुको हार्दिक स्वागत गरेको छ। चिनचिनले सीआन शहरलाई आफ्नो दोस्रो जन्मथलोको रुपमा राखेकी छन्। उनी भन्छिन् “चीन आएको पहिलो वर्ष मैले मेरो परिवार सम्झेँ। मैले स्वेदश फर्के आशा लिएँ। दोस्रो वर्षमा मैले चीनको जीवन सुहाएँ। म घुम्न गएँ। मैले चिनियाँ सहपाठीसँग धेरै आदान-प्रदान गरेँ। तेस्रो वर्षमा मेरो एक्लोपन महसूस भएन। चौथो वर्षमा मैले स्वदेश फर्कने आशा लिएको छैन।”

 

सन् २०२२ चीन र किर्गिजिस्तानबीचको दौत्य सम्बन्धको स्थापना भएको तीसौं वार्षिकोत्सव थियो। चिनचिनले हालैका वर्षहरूमा दुई मुलुकको विभिन्न क्षेत्रको सहयोग निरन्तर रुपमा घनिष्ट भएको र यसले दुई मुलुकको विकासका लागि मौका ल्याएको कुरा बताइन्। उनले चीनमा रोजगारको उज्यालो हुने विश्वास गरिन्। चिनचिन भन्छिन् “हालैका वर्षहरूयता मेरो मुलुकमा चिनिषाँ भाषा सिक्ने, अध्ययन गर्न विदेश जाने र हाम्रो मुलुक फर्कने प्रवाह छ। किर्गिजिस्तानमा धेरै चिनियाँ कम्पनी छन्। चिनियाँ भाषा सिकेपछि मैले किर्गिजिस्तानमा रोजगार पाउनसक्ने छु। मैले अन्तर्राष्ट्रिय व्यापार विषयको अध्ययन गर्ने छु। मैले चीनका सामानलाई किर्गिजिस्तानतर्फ पुर्‍याउने र किर्गिजिस्तानका सामानलाई चीन पुर्‍याउने आशा लिएकी छु।”