तथाकथित चीन अमेरिका “अन्तरिक्ष क्षेत्रको प्रतिस्पर्धा”लाई हिलो छ्याप्दै अमेरिका
2023-07-29 20:08:32cri
Share with:

 

जुलाई २७ तारिख अमेरिकी राष्ट्रिय अन्तरिक्ष ब्युरोका प्रमुख बिल निल्सनले अर्जेन्टिनाको भ्रमण गर्नुभयो। राजधानी बुइनोस एरिसमा आयोजित पत्रकार सम्मेलनमा सहभागी हुँदै उहाँले चीनले चन्द्रमा र मङगलको सर्वेक्षण गर्ने परियोजनाबारे चर्चा गर्नुभयो। चीन र अमेरिका बीच एउटा “अन्तरिक्ष क्षेत्रको प्रतिस्पर्धा” भइरहेको दाबी पनि उहाँले गर्नुभएको थियो। शीतयुद्धको गहिरो अर्थ बोकेको त्यो शब्दलाई उहाँले हाल अन्तर्राष्ट्रिय स्पेस सहकार्यको ध्यानाकर्षित स्थल अर्जेन्टिनामा ल्याउनुभयो। त्यसै कारण स्थानीय मिडियाले के मूल्याङकन गरेका छन् भने निल्सनको त्यस भ्रमणको “राजनीतिक उद्देश्य” रहेको छ।

सम्बद्ध विश्लेषणका अनुसार, यस भ्रमणताका निल्सनले तथाकथित चीन अमेरिका “अन्तरिक्ष क्षेत्रको प्रतिस्पर्धा”लाई हिलो छ्याप्न खोजेको कारवाहीको एक महत्वपूर्ण उद्देश्य चीन र अर्जेन्टिना बीचको अन्तरिक्ष सहकार्यलाई तेज पार्न र ध्वस्त पार्न खोजेको हो।

चीनका लागि अन्तरिक्ष कार्यको विकास गर्ने मूलभूत लक्ष्य शान्तिलाई कायम राख्नै भन्ने रहेको छ। किनकि अन्तरिक्ष क्षेत्र मानव जातिको साझा घरबार हो। बरू प्रभुत्ववादको होड्वाजी स्थल होइन।