३१औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडमा ६ हजार ५ सय खेलाडी
2023-07-29 17:07:51cri
Share with:

 

३१औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन समारोह जुलाई २८ तारिख राति सछ्वान प्रान्तको छङतु शहरमा आयोजित भएको छ। सो समारोहको मुख्य बिषय "युवा सपनालाई साकार बनाऔँ" हो। यस उद्घाटन समारोहले चिनियाँ विशेषताहरू, आधुनिकीकरण र युवा आचरणसहितको भावना विश्वलाई प्रदर्शन गरिएको छ।

 

यस पटक युनिभर्सिआडले ११३ वटा देश र क्षेत्रबाट आएका ६,५०० जना खेलाडीलाई आकर्षित गरेको छ। यी विश्व विद्यालयका विद्यार्थी खेलाडीहरूले १८ वटा ठूला र २६९ वटा साना प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

 

तीमध्ये मार्सल आर्ट र पानी पोलो प्रतियोगितामा छङतु युनिभर्सिआडको पहिलो र अन्तिम स्वर्ण पदक आउने भएको छ।