खेलकुदमार्फत एकता प्रवर्द्धन गर्न सी चिनफिङको आह्वान
2023-07-29 17:04:06cri
Share with:


 

जुलाई २८ तारिख चीनको छङ तुशहरमा ३१औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआडको उद्घाटन भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहलाई सम्बोधन गर्नु भएको छ। ११३ देश (क्षेत्र)का ६,५०० खेलाडीहरू प्रतियोगितामा भाग लिँदैछन्। सो उद्घाटन समारोहको स्वागत भोजमा सी चिनफिङले खेलकुदमार्फत एकता प्रवर्द्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय समुदायका लागि विकास शक्ति थप दिनुपर्ने र विश्वव्यापी चुनौतीहरूको संयुक्तरूपमा सामना दिन आह्वान गर्नुभयो।

 

अन्तर्राष्ट्रिय आदान-प्रदान गर्न र विभिन्न मानव जातिहरूबीचको आपसी समझदारी र मित्रता बढाउनको लागि खेलकुद महत्त्वपूर्ण पुलहरूमध्य एक हो। खेलकुदका लागि मानव समाजले देखाएको साझा उत्साहले अन्तर्राष्ट्रिय आदान-प्रदानलाई राम्रो अवसर उपलब्ध गराएको र सबै देश तथा क्षेत्रका मानिसहरूको हृदयलाई नजिक पनि बनाएको देखिन्छ।