सी चिनफिङद्वारा भानुआतुका राष्ट्रपतिलाई बधाई सन्देश
2023-07-30 17:17:36cri
Share with:

जुलाई ३० तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भानुआतुको ४३ औँ स्वतन्त्रता दिवसकाका अवसरमा भानुआतुका राष्ट्रपति भुरो बालाउलाई बधाई सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले चीन र भानुआतुबीचको मैत्रीपूर्ण सम्बन्धको लामो इतिहास रहेको उक्त सन्देशमा उल्लेख गर्नु भएको छ। केही वर्षदेखि चीन-भानुआतु सम्बन्धले उल्लेखनीय प्रगति हासिल गरेको र आपसी राजनीतिक विश्वास उच्च स्तरमा हुँदै आएको साथै विभिन्न क्षेत्रको आदान-प्रदान र सहकार्य फलदायी भएको देखिन्छ। यसले दुई देशका जनताको हितलाई पनि ल्याएको छ। उहाँले भन्नुभयो, म चीन-भानुआतु सम्बन्धलाई ठूलो महत्त्व दिन्छु र राष्ट्रपति भुरो बालाउसँग मिलेर दुई देशको व्यापक रणनीतिक साझेदारी विकासलाई अगाडि बढाउने इच्छुक छु।