राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पश्चिमी युद्धस्थलको वायु सेनाको निरीक्षण
2023-07-30 19:03:26cri
Share with:

 

अगष्ट १ जनमुक्ति सेना दिवस नजिकिँदै गएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जुलाई २६ तारिख पश्चिमी युद्धस्थलको वायु सेनाको निरीक्षण गर्नुभएको थियो। निरीक्षणका क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगको तर्फबाट पश्चिमी युद्धस्थलको वायु सेनाका सम्पूर्ण अधिकृत र सिपाहीहरूलाई हार्दिक अभिवादन प्रकट गर्नुका साथै जनमुक्ति सेनाका सम्पूर्ण निर्देशक, सिपाही, सशस्त्र प्रहरी फौजका अधिकृत र सिपाही, सेनामा कार्यरत् कर्मचारी, छापामार र तैयारी फौजका व्यक्तिहरूलाई जनमुक्ति सेना दिवसको शुभकामना ज्ञापन गर्नुभएको छ।

 

पार्टीको २० औँ महाधिवेशनको भावनालाई गहन रूपमा व्यवहारमा उतार्दै सेना फौजको आधुनिकीकरण स्तरलाई उकासेर दृढताका साथ पार्टी र जनताले दिएका विभिन्न कार्यभारलाई राम्रोसँग सिध्याउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभएको छ।