किर्गिजस्तानकी विद्यार्थी चिन चिनको आँखामा चीन
2023-07-31 09:58:19cri
Share with:

केही दिन अघि पल्लो शान सीको सदरमूकाम सी आन शहरमा चीन-मध्य एसिया शिखर सम्मेलनको आयोजना गरिएको थियो।

मलाई शाङहाई, पैचिङ, हारपिन र क्वाङ चौ घुम्न मन लाग्छ। मलाई स छ्वानको हटपट खान मन लाग्छ।

किर्गिजस्तानकी विद्यार्थी चिन चिन अहिले सी आनमा अवस्थित उत्तर-पश्चिमी विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययन गर्दै छिन्। उनको रुसी नामको अर्थले “सुनौलो चन्द्रमा” जनाउँछ। चिनियाँ भाषामा चिनको अर्थ सुनौलो भएको हुनाले उनले आफ्नो चिनियाँ नाम “चिन चिन” राखेकी छिन्। चीनमा चार वर्षदेखि बसे तापनि उनका लागि चीनको आकर्षण झन् बढ्दै आएको छ।

माध्यमिक विद्यालयमा पढ्दा इतिहास सिकाउने शिक्षकले विश्वमा ७ वटा चमत्कार रहेका र पहिलो चमत्कार पैचिङको ग्रेटवाल भएको हामीलाई बताउनुभएको थियो। मैले ग्रेटवाल धेरै धेरै लामो सोचेकी थिएँ। मैले सधैँ ज्याकी चेनको चलचित्र हेर्ने गरेकी थिएँ। मलाई हरेक चिनियाँलाई थाइ ची बक्सिङ तथा कुङफु आउँछ भन्ने लाग्थ्यो।

तत्कालीन समयमा चिन चिनकी दिदीले विश्वविद्यालयमा चिनियाँ भाषालाई आफ्नो विषय छानेकी थिइन्। यसबाट चिन चिनमा पनि प्रभाव परेको थियो। चीनमा पढ्न आएपछि चिन चिनलाई चीन लामो इतिहास भएको एउटा किताब भएको र चीनको आधुनिकीकरण पनि आकर्षक रहेको भेटाएकी छिन्। चिन चिनको जीवनमा “चिनियाँ गति” जताततै देखिन्छ।

उदाहरणका लागि चीनमा एक्सप्रेस डेलिभरीको गति एकदम तीव्र छ। यदी म अरु देशमा बस्ने हो भने एक्सप्रेस डेलिभरीको सामान पाउन एक अथवा दुई हप्ता पर्खिनुपर्छ, तथापि चीनमा एक दुई दिन मात्र लाग्छ। अर्को उदाहरण भनेको हाम्रो विश्वविद्यालयको छेउमा एउटा ग्रीष्म ऋतुको अवधिमा एउटा नयाँ भवनको निर्माण भइसकेको छ। त्यसप्रति म आश्चर्यचकित भएँ।

चिनियाँहरुले जीवनमा मिहिनेतसँग पढ्ने र छिटो काम गर्ने कुराप्रति चिन चिनले प्रशंसा गरेकी छिन्।

म चिनियाँ सहपाठीहरुसँग कक्षा लिन्छु। उनीहरु एकदम निष्ठापूर्वक तथा मिहिनेतसँग अध्ययन गर्छन्। मेरा चिनियाँ सहपाठीहरु मलाई भन्छन्, यदी परीक्षामा एक सयवटा नयाँ शब्द भयो भने हामीले एक हजार नयाँ शब्द याद गर्नुपर्छ। यो कुरा मेरो मनमा गहिरो छाप परेको छ।

चिन चिन सी आनमा बस्नथालेको तीन वर्ष भइसकेको छ। उनको विचारमा सी आन हजारौँ वर्षको इतिहास बोकेको एउटा शहर हुनुका साथै खुला तथा समावेशिता भएको ठूलो आधुनिक अन्तर्राष्ट्रिय शहर हो। अरु बढी विदेशीहरुले सी आनमा स्वरोजगारी गर्न अथवा बस्न थालेका छन्। चिन चिनले सी आनलाई आफ्नो दोस्रो “घर” मानेकी छिन्।

गत वर्ष चीन र किर्गिजस्तान बीचको दौत्य सम्बन्धको स्थापना भएको ३० औँ वार्षिकोत्सव थियो। यी वर्षहरुमा दुई मुलुकका विभिन्न क्षेत्रहरु बीचको सहयोग दिन प्रतिदिन घनिष्ठ हुँदै आएको छ। यसले दुई मुलुकको विकासका लागि अरु बढी अवसर ल्याएको छ। चिन चिनले अन्तर्राष्ट्रिय व्यापार विषयमा स्नातकोत्तर अध्ययन गर्ने योजना बनाएकी छिन्।

हिजोआज किर्गिजस्तानमा चिनियाँ भाषा एकदम लोकप्रिय छ। धेरै मानिसहरुले चीनमा चिनियाँ भाषा पढेपछि किर्गिजस्तान फर्केर किर्गिजस्तानको विकासमा सहायता दिएका छन्। त्यसका अतिरिक्त, किर्गिजस्तानमा धेरै चिनियाँ कम्पनीहरु छन्। चिनियाँ भाषा सिकेपछि पनि यी कम्पनीहरुमा काम गर्न पाइन्छ। मलाई अन्तर्राष्ट्रिय व्यापार पढ्न मन छ।