चीन र नेपाल भविष्यउन्मुख हातेमालो गर्दै
2023-07-31 15:23:54CRI
Share with:

‘चीनको तीव्र विकासबाट विश्वलाई अघि बढाइरहेको छ। विश्वव्यापीकरणको यस युगमा नेपाल र चीन बीच विभिन्न क्षेत्रमा फलदायी सहकार्य गर्न सकिन्छ।’ चीनका लागि नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले नेपाल र चीन दौत्य सम्बन्ध स्थापना भएको ६८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त कुरा भन्नुभएको हो। 

सर्वविदित कुरा के हो भन्ने चीन-नेपाल सहकार्य नै हिमाल र नदीनालाबाट जोडिएर युगौँयुगसम्म चल्दै आएको मित्रताको आधारमा विकसित भइरहेको छ। हामी बीच मैत्रीपूर्ण आदानप्रदानको इतिहास हजारौँ वर्ष पुरानो छ। तिब्बती राजा सोङच्रन गम्पोसँग विवाह गरेकी नेपाली राजकुमारी भृकुटी, थाङ वंशका चिनियाँ महाभिक्षु स्यानचाङ र युआन राजवंशकालमा चीन आएका नेपाली कलाकार अरनिको... उनीहरूले इतिहासमा चम्किला ताराजस्तै हाम्रा दुई देशबीचको मैत्रीपूर्ण इतिहासमा बलियो छाप छोडेका छन्। सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएयता नै चीन-नेपाल सम्बन्धको सदैव स्वस्थ र स्थिर विकास हुँदै ठूला र साना देशहरूबीच शान्तिपूर्ण सह-अस्तित्व, मैत्रीपूर्ण र पारस्परिक सहयोगको नमूना खडा गरिँदै आएको छ। 

अगष्ट १ तारिखका दिन, चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको ६८ औँ वार्षिकोत्सव मनाइँदैछ। आपसी सम्बन्धको विकासबारे चर्चा गर्दै नेपाली दूताबासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले यसरी जोड दिँदै भन्नुभयोः ‘नेपाल र चीनबीच पर्यटकीय र सांस्कृतिक आदानप्रदानलाई बढाउनु नै पारस्परिक सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने महत्वपूर्ण रणनीति हो। वास्तवमा यस वर्षको सुरुदेखि नै दुई देशले ६८औँ वार्षिकोत्सवको अवसरको सदुपयोग गर्दै पर्यटन, अर्थतन्त्र, व्यापार र सांस्कृतिक आदानप्रदानलगायतका विभिन्न क्षेत्रमा हुने आपसी सहयोगलाई अझ प्रगाढ बनाउँदै लगिरहेका छन्। 

सन् २०१६ मा स्थापना भएदेखि कठमाडौं विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले नेपालमा लगभग ५० हजारजनालाई चिनियाँ भाषाको तालिम गराइसकेको छ। जसले दुई देशको साँस्कृतिक आदानप्रदानलाई सहयोग गरेको छ। वास्तवमा सन् २०१९ मा चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत देश थियो। कोभिड महामारीपछि यसै अप्रिल १३ तारिख पहिलो खेपका चिनियाँ हाइकर्सहरू काठमाडौं पुगेका थिए, जसले महामारीबाट प्रभावित नेपाली पर्यटन क्षेत्रलाई आशा दिएको छ। जुन २२ तारिख वीच्याट पे नेपालमा सञ्चालित भएको छ। जुन २४ तारिखदेखि पैचिङ-काठमाडौं एयरलाइन पुनः सञ्जालनमा आएको छ। यी सकारात्मक सूचनाहरूले दुई देशको अर्थतन्त्र तथा व्यापार, पर्यटन र साँस्कृतिक आदानप्रदानलाई सबल बनाएका छन्।

त्यसबाहेक साँस्कृतिक बेल्टलाई सुदृढ पार्नका लागि दुवै देशले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। पैचिङमा आयोजित “सुन्दर नेपाल” शीर्षक चित्र प्रदर्शनबाट पोखरामा आयोजित “चीन-नेपाल मैत्रिपूर्ण ड्रेगन बोट महोत्सव”सम्म, यी कार्यक्रमले आपसी मित्रता र बुझाइलाई घच्घच्याएका छन्। हामीले ध्यान दिएका छौँ, साँस्कृतिक आदानप्रदानका साथै नेपालको थाङका र सिङ्गिङ बौल (ध्वनी पात्र) पनि चीनमा विस्तार हुँदैछ। 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उल्लेख गर्नुभएजस्तै चीन र नेपाल आपसी सम्मान तथा विश्वास गर्ने साथी, आपसी हितकरका साझेदारी, आपसमा सिक्ने छिमेकी र आपसी सहयोग गर्ने दाजुभाइ हुन्। चीन र नेपाल पहाड र पानीद्वारा जोडिएको असल छिमेकी मुलुक हुन्। दुई प्राचीन सभ्यताबीचको साँस्कृतिक आदानप्रदानले दुई देश बीच मेलमिलापका साथै समृद्ध भविष्यका लागि दिशानिर्देश गरेको छ।