नागढुंगा सुरुङमार्ग खन्ने काम ८९.७ प्रतिशत सकियो
2023-07-31 16:19:07cri
Share with:

 नागढुंगा सुरुङमार्ग खन्ने काम ८९.७ प्रतिशत सकिएको छ। मुख्य सुरुङमार्ग ५ सय मिटर र आकस्मिक सुरुङ ३९ मिटर मात्रै बाँकी छ।

आयोजनाका अनुसार २६ सय ८८ मिटर मध्ये २१ सय ७२ मिटर काम सकिएको छ। आकस्मिक सुरुङमार्ग २५ सय ५७ मिटर मध्ये २५ सय १८ मिटरको काम सकिएको नेपाल खबर अनलाइनले लेखेको छ। 

सुरुङभित्र कुल ५ हजार ४९९ मिटर खन्नुपर्नेमा ४ हजार ९३३ मिटरको रहेको छ। फ्लाई ओभरको काम भने मुआब्जा विवादले द्रूर्तगति लिन सकेको छैन। आयोजनाको कुल भौतिक प्रगति ५६.८९ प्रतिशत र वित्तिय प्रगति ५९.३९ प्रतिशत भएको छ।