"छ्यु श" पत्रिकामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको महत्वपूर्ण लेख प्रकाशित
2023-07-31 16:32:15cri
Share with:

अगस्ट १ तारिख प्रकाशन हुने "छ्यु श" पत्रिकाको १५ औँ अंकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको "आधारभूत अनुसन्धानलाई बलियो बनाउँदै विज्ञान तथा प्रविधिमा उच्च स्तरको आत्मनिर्भर हासिल " शीर्षकको महत्वपूर्ण लेख प्रकाशित हुँदैछ।

उच्चस्तरीय वैज्ञानिक र प्राविधिक आत्मनिर्भरता र आत्म सुधारका लागि आधारभूत अनुसन्धानलाई सुदृढ तुल्याउन अत्यावश्यक छ र विश्व वैज्ञानिक प्राविधिक शक्ति निर्माण गर्ने एक मात्र माध्यम हो भनी लेखमा जोड दिइएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय महाधिवेशनको प्रतिवेदनले आधारभूत अनुसन्धानलाई सुदृढ गर्ने र मौलिकतालाई उजागर गर्दै स्वतन्त्र अन्वेषणलाई प्रोत्साह गर्ने कुरा उल्लेख छ। रणनीतिक योजनाहरु बनाउने र त्यसलाई तत् स्थानमै कार्यान्वयन गर्न आवश्यक रहेको कुरा नेत सीले आफ्नो लेखमा उल्लेख गर्नु भएको छ।