३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाडको अवसरमा प्रकाशबाबु पौडेलको अर्को व्यस्त दिन
2023-07-31 09:40:59CRI
Share with:

जुलाई २८ तारिखबाट चीनको सछ्वान प्रान्तको छङतु शहरमा ३१औँ ग्रीष्मकालीन विश्व युनिभर्सिआड समारोह आयोजना भइरहेको छ। यस पटकको युनिभर्सिआडले ११३ वटा देश र क्षेत्रबाट आएका ६,५०० जना खेलाडीलाई आकर्षित गरेको छ। जहाँ नेपाली विश्वविद्यालयका विद्यार्थी खेलाडीहरूले पनि प्रतिस्पर्धा गर्दैछन्।

यस बाहेक, नेपालको रे टेलिभिजनका प्रमुख प्रकाशबाबु पौडेल पनि उक्त महत्वपूर्ण समारोहमा पत्रकारको हैसियतमा सहभागी हुनुभएको छ। यस अवसरमा प्रकाशबाबु पौडेलले उद्घाटन समारोहलगायत विभिन्न समय र अवसरका रोमाञ्चक तस्वीरहरू आफ्नो सामाजिक सञ्जाल वीच्याटमा राख्दैआउनुभएको छ।

हालसालै, रे टेलिभिजनका प्रमुख प्रकाशबाबु पौडेलले नेपाली टोलीका प्रमुख पूर्ण सिहँ बोहोरा तथा टोली सदस्य अशोक श्रेष्ठसँग भेट गर्नुभएको छ। प्रकाशबाबु पौडेलका साथमा नेपाली पत्रकारहरू रमेश भट्टराई हतुवाली र डिल्लीरमन सुवेदी पनि हुनुहुन्छ।