सी चिनफिङद्वारा चीन-पाकिस्तान आर्थिक करिडोर शुरू भएको दशौं वार्षिकोत्सव मनाउने कार्यक्रमलाई शुभकामना सन्देश
2023-08-01 10:01:57cri
Share with:

जुलाई ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-पाकिस्तान आर्थिक करिडोर शुरू भएको दशौं वार्षिकोत्सव मनाउने कार्यक्रम पाकिस्तानको इस्लामावादमा आयोजना भएकोमा शुभकामना सन्देश दिनु भएको छ।

सी चिनफिङकाअनुसार, चीन-पाकिस्तान आर्थिक करिडोर “बेल्ट एण्ड रोड”को महत्वपूर्ण परियोजना हो। चीन-पाकिस्तान आर्थिक करिडोरले सन् २०१३ मा शुरू भएयता पाकिस्तानको आर्थिक विकासका लागि नयाँ शक्ति थपिदिएको छ। चीन-पाकिस्तान आर्थिक करिडोरले दुई मुलुकले नयाँ युगमा चीन र पाकिस्तानको अझै घनिष्ठ भाग्य समुदाय सिर्जना गर्नका लागि महत्वपूर्ण टेवा उपलब्ध गराएको छ।

राष्ट्राध्यक्ष सीले चीनले पाकिस्तानसँग मिलेर चीन-पाकिस्तान आर्थिक करिडोरलाई उच्च गुणस्तरको “बेल्ट एण्ड रोड”को नमूना परियोजनाका रुपमा निर्माण गर्ने, अझै उच्च स्तर र अझै फराकिलो परिधिको सहयोग गर्ने र दुई मुलुकको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा लाने कुरामा जोड दिनुभयो।