विश्व युनिभर्सियाड छन्दूमा टेबुलटेनिस खेल्दै नेपाली खेलाडीहरु
2023-08-01 09:59:05CRI
Share with:

चीनको सछ्वान प्रान्तको सदरमुकाम छन्दूमा विश्व विश्वविद्यालय खेलकूद प्रतियोगिता अर्थात् विश्व युनिभर्सियाड चालु छ। यस प्रतियोगितामा विश्वका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु प्रतिस्पर्धामा व्यस्त छन्। यही सिलसिलामा जुलाई ३१ तारिख सोमबार नेपाली खेलाडीहरुले टेबुलटेनिसमा भाग लिएका छन्।

उक्त समारोहमा सहभागी हुनु भएका नेपाली पत्रकार प्रकाशबाबु पौडेलले सामाजिक सञ्जाल वीच्याटमा उक्त प्रतिस्पर्धाका केही तस्बिर राख्नु भएको छ। उहाँले तस्बिर पोष्ट गर्दै वीच्याटमा लेख्नु भएको छ  ‘हाईटेक जोन स्पोर्ट्स सेन्टर जिम्नेसियम, चेङ्दुमा नेपाली खेलाडी कुसल न्याछ्योन, रोशन ओझा र रिट्ज जोशीको टेबलटेनिस खेल हेर्न पाउँदा खुसी लाग्यो। हामीले खेलाडीहरूसँग छोटो अन्तर्वार्ता पनि लियौं। यो अन्तर्वार्ता छिट्टै रे टेलिभिजनले प्रसारण गर्नेछ।’

प्रकाशबाबु पौडेलले पोष्ट गर्नु भएका केही आकर्षक तस्बिहरुले उक्त अवस्थाको सजीव चित्रण गरेका छन्।

प्रकाशबाबु पौडेल नेपालको रे टेलिभिजनका प्रमुख हुनुहुन्छ। उहाँ अन्य पत्रकारद्वय रमेश भट्टराई हतुवाली र डिल्लीरमन सुवेदीसँगै उक्त समारोहमा सहभागी हुनुहुन्छ।