बाढी रोकथाम र उद्धार सम्बन्धी चिनियाँ राष्ट्राध्यक्ष सीको महत्वपूर्ण निर्देशन
2023-08-01 14:12:01CRI
Share with:

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बाढी रोकथाम र उद्धार सम्बन्धि महत्वपूर्ण निर्देशन दिनुभएको छ। राष्ट्राध्यक्ष सीको निर्देशनमा उल्लेख छः हालै तुसुरूवी नामक आँधीबाट प्रभावित चीनको उत्तरी भाग, पहेँलो नदी र ह्वाइह नदी लगायतका स्थानहरूमा अत्यधिक वर्षा भइरहेकाले बाढी लगायत भौगर्भिक प्रकोप देखिएको छ। यस प्रभावमा पैचिङ, हपै आदि क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

यसै सन्दर्भमा प्रभावित सबै क्षेत्रले बेपत्ता र फसेका व्यक्तिहरूको खोजी र उद्धार सम्बन्धी सक्दो प्रयास गर्नुपर्छ र घाइतेको उपचार र पीडित परिवारलाई सान्त्वना दिने काम पनि राम्रोसँग गर्नुपर्छ। यसो गर्दा हताहतलाई न्युनीकरण गर्ने प्रयास गर्नुपर्छ। यसका साथै विपत्तिमा परेका मानिसहरूलाई उचित तरिकाले पुनर्स्थापन गर्नुपर्छ र यातायात, सञ्चार र बिजुली लगायत क्षतिग्रस्त पूर्वाधारहरूको मर्मत यथाशीघ्र गर्नुपर्छ। सामान्य उत्पादन र जीवनयापनको व्यवस्थालाई चाँडै नै पुनर्स्थापन गर्न आवश्यक छ।