छन्दूमा ते क्वाण्डो प्रतियोगितामा नेपाली खेलाडी कञ्चनको अनुभव
2023-08-03 15:34:24CRI
Share with:

चीनको सछ्वान प्रान्तको छन्दूमा विश्व युनिभर्सियाड खेलकूद प्रतियोगिता जारी छ। यस प्रतियोगितामा नेपालका विद्यार्थीहरुले पनि विभिन्न प्रतियोगितामा भाग लिएका छन्। अगष्ट ३ तारिख बिहान नेपाली तेक्वाण्डो खेलाडी कञ्चन थापाले कजाकिस्तानका शीर्ष सूचिमा रहेकी खेलाडी जमुबे अकनुरसँग प्रतिस्पर्धात्मक खेल खेल्नु भएको छ। खेलमा कञ्चनले उत्कृष्ट प्रदर्शन गर्नु भएको नेपाली पत्रकार प्रकाशबाबु पौडेलले सामाजिक सञ्जाल वीच्याटमा लेख्नु भएको छ।  उत्कृष्ट प्रदर्शनी हुँदा हुँदै नेपाली खेलाडी कञ्जन पराजित भए पनि विश्वकै शीर्ष खेलाडीसँगको प्रतिस्पर्धा निकै रोचक रहेको पौडेलले लेख्नु भएको छ।

खेलपछि नेपाली खेलाडी कञ्चनसँग रे टेलिभिजनले सङ्क्षिप्त अन्तर्वार्ता लिएको छ। अन्तर्वार्ताका क्रममा उहाँले भन्नु भएको छ "विश्वकै उत्कृष्ट खेलाडीसँग खेल्ने मौका पाएकोमा म धेरै खुसी छु।" यो खेलबाट आफूले धेरै कुरा सिकेको उहाँले थप्नुभयो।

उक्त प्रतियोगिताका केही झलक दिने यी तस्बिरहरु प्रकाशबाबु पौडेलले वीच्याटमा पोष्ट गर्नु भएको हो।