नेपाल सरकारद्वारा राजस्वबाटै १० खर्ब १० अर्ब आम्दानी
2023-08-04 15:57:26cri
Share with:

गत आर्थिक वर्ष अर्थात् असार मसान्तसम्ममा नेपाल सरकारले राजस्वबाट १० खर्ब १० अर्ब रुपैयाँ संकलन गरेको छ। अर्थमन्त्रालयले सार्जजनिक गरेको रिर्पोट अनुसार राजस्व कर ८ खर्ब ६५ अर्ब ६१ करोड ९६ लाख, बाँकी गैरकर राजस्व पाएको नेपाल खबर अनलाइनले लेखेको छ। 

अर्थमन्त्रालयका अनुसार गैरकर राजस्वतर्फ ९१ अर्ब ५३ करोड ४१ लाख र अन्य प्राप्ती ५३ अर्ब २४ करोड ५ लाख समेत गरी जम्मा १० खर्ब १० अर्ब ३९ करोड ४२ लाख राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्य १४ खर्ब ३ अर्ब १४ करोडको तुलनामा ७२ प्रतिशत राजस्व संकलन भएको हो। 

भन्सार महसुलतर्फ ३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ८५ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ। भ्याटमा २ खर्ब ८६ अर्ब संलकन भएको छ। जसमा उत्पादन बिक्री सेवामा भ्याट १ खर्ब १७ अर्ब र पैठारी भएका वस्तुको भ्याटमा १ खर्ब ६८ अर्ब संकलन भएको हो। 

अन्तःशुल्कमार्फत् १ खर्ब ४३ अर्ब रुपैयाँ  संकलन भएको छ। जसमा आन्तरिक उत्पादनको अन्तःशुल्कमा १ खर्ब १० अर्ब र पैठारीतर्फको अन्तःशुल्कमा ३२ अर्ब रुपैयाँ संकलन भएको हो। 

शिक्षा सेवा शुल्कमा २ अर्ब रुपैयाँ संकलन भएको छ। आयतकर २ खर्ब ५१ अर्ब रुपैयाँ संकलन भएको छ। त्यसमा आयकर नै शीर्षकमा २ खर्ब १८ अर्ब रुपैयाँ छ भने आयकरभित्रैकै ब्याज करमा ३२ अर्ब रुपैयाँ संकलन भएको हो।