भियतनामका मित्र डोन डिन टोइका आँखामा चीनको विकास
2023-08-04 10:17:46cri
Share with:

चीनको क्वाङ सीमा स्थायी रुपमा बसोबास गरिरहेका डोन डिन टोइ भियतनामबाट आउनु भएको हो। उहाँले लामो समयमा चीन र भियतनामबीचको व्यापार गर्नुभएको छ। चीनको विकासको सासाथै उहाँको कार्य पनि निरन्तर रुपमा विस्तार भएको छ।

डोन डिन टोइको जन्मथलो भियतनामको क्वाङ निङ प्रान्तमा पर्दछ। विश्वविद्यालयमा हुँदा उहाँ चीन आउनुभयो। हाल उहाँले व्यापारिक कार्य गरेका कारण भियतनाम र चीनबीच आवत-जावत गर्नुहुन्छ। उहाँले चीनका धेरै शहरको भ्रमण गर्नुभयो। उहाँको मनमा चीनको युन नान प्रान्तले गहिरो छाप पारेको छ। किनभने उहाँले युन नानमा सात वर्षसम्म पढ्नुभयो।“मेरो लागि युन नान मेरो दोस्रो जन्मथलो हो। विश्वविद्यालयमा हुँदा शिक्षकशिक्षिका र सहपाठीले मलाई सहयोग नगरेको भए म विश्वविद्यालयबाट स्नातक हुन सम्भव थिएन।”

दक्षिण-पश्चिम वन विश्वविद्यालयमा पढ्दा डोन डिन टोइले शिक्षकशिक्षका र सहपाठीको माया पाउनुभयो। उनीहरूको माया परिवारको मायाजस्तै छ। उहाँले चिनियाँरूको मित्रता र दयालु देख्नुभयो। त्यस अवधिमा उहाँले सहपाठीसँग उद्यम प्रतियोगितामा भाग लिनुभयो। उहाँले जीवनको “पहिलो कमाइ” प्राप्त गर्नुभयो। उहाँको उद्यम सपना शुरु भयो। उहाँ भन्नुहुन्छ“त्यस बेला उद्यम गर्दा मैले गहनाको व्यापार गरेँ। मैले भियतनामको गहनालाई चीनतर्फ बिक्री गर्न पठाएँ। सन् २०१८ मा मैले कृषि उपजको आयात-निर्यात व्यापार गर्न थालेँ। किनभने मैले चीन र भियतनामका राम्रो नीतिहरू देखेँ। ती नीति मेरा लागि हितकर थिए। मैले पनि सरकारको समर्थन पाएँ। त्यसैले मैले तुरुन्तै कृषि उपजको कारोबार गर्न थालेँ।”

हाल चीनको प्याज, अंगुर, स्याउ, आलुआदि कृषि उपज डोन डिन टोइको कम्पनीमार्फत भियतनाम बजारमा प्रवेश गरिएको छ। भियतनामको डुरियन, तरबुजाआदि भियतनामको कृषि उपज पनि चीनतर्फ पठाइएको छ। उद्यमको अनुभवको सिँहावलोकन गर्दै डोन डिन टोइले चीनले उपलब्ध गराएको उद्यम वातावरण र चीनको आर्थिक विकासले उहाँलाई चीनमा बसोबास गर्न आकर्षित गरेको बताउनुभयो। हालैका वर्षहरूयता भियतनामका उपभोगकर्ताहरूले पनि चिनियाँ सामान मन पराएका छन्। त्यसैले उहाँले द्विपक्षीय व्यापारको ठूलो मौका देख्नुभयो। डोन डिन टोइ भन्नुहुन्छ“किनभने चीनका सबै सामानहरूको गुणस्तर प्रत्याभूति गरिन्छ। भियतनाम वा अरू दक्षिण-पूर्वी एशियाली मुलुकहरूमा चीनका सामानहरू लोकप्रिय छ। चीनको सामानको राम्रो गुणस्तर छ। भियतनामका उपभोगकर्ताहरूले हाल चीनका सामानहरूप्रति उच्च मान्यता दिएका छन्।”