अमेरिका क्रेडिट डाउनग्रेड गरिएबाट वाशिङ्टनलाई चेतावनी
2023-08-04 16:14:21cri
Share with:

अमेरिकी डेमोक्रेट र रिपब्लिकन दुई पार्टीबीच फेरि झगडा भएको छ। अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सी फिचले अगष्ट १ तारिख अमेरिकी क्रेडिट रेटिङ घटाएर अमेरिकाको दीर्घकालीन विदेशी मुद्रा जारीकर्ता पूर्वनिर्धारित मूल्याङ्कन तीन एबाट डबल ए प्सलसम्म घटाएको छ। त्यसपछि दुई पार्टीबीच आपसी आलोचना चर्किएको छ। यो रिपब्लिकनले पूर्वनिर्धारित संकट सिर्जना गरेको परिणाम हो भन्ने कुरा  डेमोक्रेट पार्टीले उल्लेख गरेको छ। तर रिपब्लिकन पार्टीले त्यसको कारण आर्थिक मामिलाको व्यवस्थामा बाइडेन सरकार कमजोर भएको भनेर आलोचना गरेको छ।

दुई पार्टीबीच फेरि आपसी आलोचना गरिएबाट फिचले अमेरिका क्रेडिट डाउनग्रेड गरेको एक महत्वपूर्ण कारण देखिएको छ। फिचले सार्वजनिक गरेको वक्तव्य अनुसार, विगत २० वर्षमा अमेरिकामा ऋण सीमा राजनीतिक गतिरोध देखिएको थियो भने सामान्यतः अन्तिम समयसम्म मात्र समाधान गरिएको थियो जसबाट अमेरिकी वित्तीय व्यवस्थापन क्षमताबारे मानिसको विश्वासमा ह्रास आएको छ। विश्लेषण अनुसार यो नै वाशिङ्टनलाई दिएको पहिलो चेतानवी हो अर्थात राजनीतिक ध्रुवीकरणबाट अपर्याप्त शासन क्षमता देखिएको छ।
साथै फिचको वक्तव्यले आगामी ३ वर्ष अमेरिकाको आर्थिक अवस्था निरन्तर बिग्रनेछ भने सरकारी ऋण बढ्दै जानेछ। यो नै वाशिङ्टनलाई दिइएको दोस्रो चेतावनी हो अर्थात अमेरिकाको "उच्च ऋण" चिन्ताजनक छ भने ऋण विस्तार हुने अर्थतन्त्रको दृष्टिकोण चिन्ताजनक छ।

तेस्रो चेतावनी अमेरिकाको विश्वसनीयताबाट "डि-डलरीकरण" को प्रक्रियालाई गतिशील पारिने संभावना छ। अनुसन्धानका अनुसार, फिचले अमेरिकी क्रेडिट डाउनग्रेड गरेबाट धेरै विकसित बजारमा उल्लेखनीय अस्थिरता देखिएको छ भने धेरै मुलुकले उक्त निर्णयबाट विश्वलाई ल्याउने नकारात्मक प्रभावबारे मूल्याङ्कन गर्दैछन्।

फिचले अमेरिका क्रेडिट डाउनग्रेड गरेपछि अमेरिकाका धेरै सरकारी अधिकारीले हिंसात्मक प्रतिक्रिया दिएर निकै असन्तोष देखा परेको छ। उक्त असन्तुष्टिबाट उक्त निर्णय वास्तविकसँग विपरीत भएको दोहोर्याएका छन्। वाशिङ्टनका राजनीतिज्ञहरूले आपसी आलोचना गर्नुको सट्टा अमेरिकाको आर्थिक समस्याको समाधान गर्ने राम्रोसित विचार गरेमा उचित हुनेछ।