अमेरिकाले विश्वलाई नेतृत्व गर्ने विचार त्याग्नुपर्छ
2023-08-05 16:39:46cri
Share with:

हाल न्यूयोर्क टाइम्सले गुमनाम अधिकारीको नाम उद्धृत गरेअनुसार, चीनले अमेरिकी सेनाका प्रमुख विजुली र संचार लगायत नेटवर्कमा खराब सफ्टवेयर राखेको छ जसले भिडन्त भएमा अमेरिकी सेनाको विजुली र संचारलाई काट्ने उपायमार्फत अमेरिकी सेनाको गतिबिधिलाई हस्तक्षेप गर्ने विचार बाइडेन सरकारले लिएको छ। तथाकथित चिनियाँ साइबर खतराबाट अमेरिकी सर्वसाधारणमा ल्याउने हानीबारे अरू प्रचार गर्नका लागि उक्त रिपोर्टले चिनियाँ गतिबिधिको मुख्य लक्ष्य नै भिडन्त हुँदा सेनालाई बाधा पुर्याउने हो कि अझ व्यापक रूपमा सर्वसाधारणको जीवनमा बाधा ल्याउने हो भन्ने कुरा निश्चित नभएको उल्लेख गरेको छ। यस अगाडि जस्तै अमेरिका सरकारले ती खबर फैलाउने क्रमलाई रोकेको छैन। रूसी मस्को कम्युनिष्ट युवा लिग समाचार पत्रका अनुसार, अमेरिकाले तथाकथित चिनियाँ मालवेयरले क्रिटिकल इन्फ्रास्ट्रक्चर नेटवर्कमा घुसपैठ गरेको प्रचार गर्नु अघि चिनियाँ ह्याकिङ प्रचार गरेको उस्तै हो, वास्तवमा अमेरिका नै संसारको सबैभन्दा ठूलो साइबर आक्रमणकारी हो।

अमेरिकाले चीन खतरा सिद्धान्तबारे प्रचार गरिरहेबाट अमेरिकाको गहिरो प्रभूत्व विचार प्रतिबिम्बित भएको छ। चीनको उदय, चीन र विश्वबीचको घनिष्ठ सम्पर्क, विश्वको बहु-ध्रुवीकरण अवस्थाको सामना गर्दा अमेरिकाले चीनलाई झूटो निन्दा गरी आफ्नो विश्व प्रभूत्व स्थान कायम राख्न खोजेको छ।

धेरै वर्षसम्म प्रचार गरिरहेको ऋणको पासो सिद्धान्त र हालै प्रचार गरेको तथाकथित “ग्लोबल पोर्ट थ्रेट थ्योरीमा चीनको लगानी” पनि उस्तै हो जुन चीनको वेल्ट एन्ड रोड इनिसिएटिभ र अरू मुलुकसँग मिल्ने ठूलो कार्यक्रममाथि लक्षित छ र अफवाह फैलाएर चीनसँगको सहयोगलाई विगार्नु हो।

वास्तवमा दश वर्षयता चीन र विश्वका विभिन्न मुलुकले मिलेर वेल्ट एन्ड रोडको रचना गरी विश्वबीच इन्टर्कनेक्ट र विश्व आर्थिक बृद्धिलाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सन् २०२३ को जनवरीसम्म चीनले १५१ वटा मुलुक र ३२ वटा अन्तर्राष्ट्रिय संगठनसँग २०० वटाभन्दा बढी सहयोग पत्रमा हस्ताक्षर गरेको छ। १० वर्षयता विभिन्न पक्षका साझा प्रयासमा “ ६ वटा कोरिडर, छ वटा मार्ग, बहु-मुलुक, बहु-बन्दरगाह” भने इन्टर्कनेक्ट प्रारूप आधारभूत रूपमा बनाइसकेको छ भने विभिन्न आपसी हितयुक्त कार्यक्रम संचालनमा ल्याइएको छ। चीन-लाओस रेलमार्गको पूरै संचालन भएको छ भने यात्रु र सामान पुर्याउने मात्रा स्थिर रूपमा बृद्धि भएको देखिन्छ। हंगेरी-सर्बिया रेलवेमातहत सर्बियाको पेनो भाग संचालन भएको छ। जकार्ता-बान्डुङ हाई स्पिड रेलको सबभन्दा लामो सुरूङ निर्माण सम्पन्न भएको छ। जिबूती पोर्ट रेलवे स्टेशन आधिकारिक रूपमा सञ्चालनमा आएको छ। ग्वादर बन्दरगाह क्षेत्रीय रसद केन्द्र र बन्दरगाह-साइड औद्योगिक आधार भएको छ। चीन-युरोप रेलवे एक्सप्रेस सुरक्षित र स्थिर रूपमा सञ्चालन गर्न जारी छ। विश्व बैङ्कको अनुमान अनुसार, सन २०३० सम्म वेल्ट एन्ड रोडको संयुक्त रचनाबाट विश्वलाई वार्षिक १६ खर्ब अमेरिकी डलर लाभ पुग्नेछ भने विश्व जीडीपीको १.३ प्रतिशत पुग्नेछ र सन् २०१५ देखि २०३० सम्म त्यसबाट ७६ लाख जना गरिबबाट मुक्त हुने छन्। त्यसैगरी ३ करोड २० लाख व्यक्ति मध्यम गरिबबाट मुक्त हुनेछन्।

धेरै वर्षयता अमेरिकाले अफवाह फैलाइरहेबाट केही पश्चिमा मुलुकको समर्थन मात्र पाएको छ तर अन्तर्राष्ट्रिय समूहबाट व्यापक समर्थन पाएको छैन। केन्या अधिकारीले आलोचना गर्नुभएको छ कि अमेरिकाको भनाइ राजनीतिक प्रचार मात्र हो।

अमेरिका अर्थशास्त्री जेफरी साक्सले भन्नुभएको झैँ यस संसारलाई कुनै पनि किसिमको प्रभुत्व आवश्यक छैन। अमेरिकाले विश्वलाई नेतृत्व गर्ने विचार त्याग्नुपर्छ।