जर्जियाका प्रधानमन्त्री गरीबाश्विलीसँग विशेष अन्तर्वार्ता
2023-08-05 16:46:42CRI
Share with:

जर्जियाका प्रधानमन्त्री इराकली गरीबाश्विलीले चीनको भ्रमण गर्नुका साथै छङ तु विश्व युनिभर्सियाड खेलकुदको उद्घाटन समारोहमा भाग लिनुभएको छ। चीन भ्रमणका दौरान गरीबाश्विलीले चाइना मिडिया ग्रुपसँग विशेष अन्तर्वार्ता दिनुभयो। सो अवसरमा उहाँले चिनियाँ खाना मन पर्ने र पैचिङ डक अत्यन्त स्वादिलो भएको बताउनुभयो। उहाँले चीनका राष्ट्राध्यक्ष सी चिनफिङ उत्कृष्ट नेता हुनुहुन्छ भन्दै सीले आफ्नो देशका लागि ठूलो योगदान दिनुभएको र चीनमा शृङ्खलाबद्ध योजना र सुधार प्रस्तुत गर्नुभएको कुरा बताउनुभयो।